शुक्रबार, चैत १, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मधेशका सांसदको माग

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मधेशका सांसदको माग

'प्रस्तावित निजगढ विमानस्थल मधेश प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ,' प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, 'निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ।'
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

जनकपुर- मधेश प्रदेशका प्रदेशसभा सदस्यले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउन माग गरेका छन्। बिहीबारदेखि सुरु भएको मधेश प्रदेशसभाको नवौँ अधिवेशनमा उहाँहरूले निजगढ विमानस्थलको विषय मधेश प्रदेशको आर्थिक समृद्धि र जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिएकाले निर्माण काम अघि बढाउन माग गरेका हुन्। 

health

'प्रस्तावित निजगढ विमानस्थल मधेश प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ,' प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, 'निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ।'

प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले व्यापक अध्ययनबाट पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा उपयुक्त हुने निष्कर्षका साथ निर्माण गर्ने योजना तयार भएको उल्लेख गर्दै निजगढ विमानस्थलको काम अघि बढाउन माग गरे। 

'निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका क्रममा पर्यावरणीय संरक्षणको कुरा पनि उठ्यो,' मन्त्री महतोले भने, 'तर विमानस्थल निर्माण गर्दा धेरै रुख काटिन्छ, पर्यावरणमा असर पर्छ भन्ने कुरालाई जसरी भयावह बनाइएको छ वास्तविक रूपमा त्यस्तो छैन।'

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मन्त्री महतोले भने, 'विनाश नगरी विकास हुँदैन, नभत्काई नयाँ बन्छ? त्यसैले विकास गर्न केही विनाश गर्नुपर्छ।' मधेश प्रदेशको लाइफलाइनका रूपमा रहेको निजगढ विमानस्थल निर्माणका लागि थोरै जङ्गलै फडानी गरेर भए पनि काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। 

नेकपा एमाले प्रदेश संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको आर्थिक समृद्धि, रोजगारी र पहिचानसँग प्रत्यक्ष जोडिएको निजगढ विमानस्थल निर्माणका लागि दबाब सिर्जना गर्नुपर्ने बताए। 

नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य दिलीप साहले निजगढ विमानस्थल मधेश प्रदेशको मेरुदण्डका रूपमा रहेकाले यसलाई जसरी पनि अघि बढाउनुपर्ने माग गरे। उनले निजगढ विमानस्थल निर्माण भएपछि मधेश प्रदेशको विकास र समृद्धिको यात्राले गति लिने विश्वास व्यक्त गरे।

प्रकाशित: Jun 02, 2022| 23:00 बिहीबार, जेठ १९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।