मंगलबार, चैत १७, २०८२

एकल बहुमत भएको कांग्रेस बुढीगंगा कार्यपालिकामा पराजित

स्थानीय तहको निर्वाचनमा बहुमत स्थानीय तह जितेको नेपाली कांग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

विराटनगर- स्थानीय तहको निर्वाचनमा बहुमत स्थानीय तह जितेको नेपाली कांग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ। 

National life

गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना कांग्रेसबाट निर्वाचित भएका थिए। यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका थिए। 

गाउँ कार्यपालिकामा पनि डा. शेखर कोइराला पक्षले एकलौटी उम्मेदवार बनाएको भन्दै काँग्रेसको अर्को समूहबाट कार्यपालिकामा बागी उम्मेदवार खडा भएका थिए। बिहीबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार ३ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भएका छन्।

कांग्रेसका आधिकारिक उम्मेदवार १ जनाले मात्र जित निकालेका छन्। कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो। 

महिला कोटामा एमालेका १, माओवादीका १, कांग्रेसका बागी १ र एक जना काँग्रेस उम्मेदवार विजयी भएका छन्। अल्पसंख्यक तथा दलित कोटामा दुबै जना बागी उम्मेदवार विजयी भए। निर्वाचन अधिकृत मणिराम पोखरेलका अनुसार महिलातर्फ माओवादीकी पुष्पादेवी भगत २२ मत र एमालेकी रेखाकुमारी सरदार २२ मत ल्याएर विजयी भए। 

kumari

कांग्रेसमा संस्थापन पक्षकी सपना कोइराला १९ मत पाएर विजयी बन्दा बागी उम्मेदवार चन्द्रकला चौधरी २५ मत ल्याएर विजयी भइन्। महिलामा काँग्रेसकै मिथिला आचार्य १८ र मीनादेवी विश्वास १४ मत ल्याएर पराजित भएका छन्।  

दलित तथा अल्पसंख्यक कोटामा कांग्रेसका बागी उम्मेदवारहरु किरणकुमार चौधरीले २२, बनुलाल उराँव २२ मत ल्याएर निर्वाचित भए। काँग्रेसका आधिकारिक उम्मेदवार जयप्रकाश मण्डल र जयप्रकाश सरदारले १३–१३ मत मात्रै पाए।


प्रकाशित: Jun 02, 2022| 19:19 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।