सोमबार, असार ८, २०८३

एकल बहुमत भएपनि बूढीगंगा कार्यपालिकामा कांग्रेस पराजित

बिहीबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार ३ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भएका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

विराटनगर– स्थानीय तहको निर्वाचनमा एकल बहुमत पुर्‍याएको नेपाली कांग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा भने पराजित हुन पुगेको छ। गाउँकार्यपालिकामा पनि डा शेखर कोइराला पक्षले एकलौटी उम्मेदवार बनाएको भन्दै कांग्रेसको अर्को समूहबाट कार्यपालिकामा बागी उम्मेदवार खडा भएपछि कांग्रेसकै उम्मेदवार पराजित बनेका हुन्।

National life

बिहीबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार ३ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भएका छन्। 

गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना कांग्रेसबाट निर्वाचित भएका थिए। यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका थिए। 

कांग्रेसका आधिकारिक उम्मेदवार १ जनाले मात्र जित निकालेका छन्। कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो। महिला कोटामा एमालेका १, माओवादीका १, कांग्रेसका बागी १ र एक जना कांग्रेस उम्मेदवार विजयी भएका छन्। अल्पसंख्यक तथा दलित कोटामा दुवै जना बागी उम्मेदवार विजयी भए। 

निर्वाचन अधिकृत मणिराम पोखरेलका अनुसार महिलातर्फ माओवादीकी पुष्पादेवी भगत २२ मत र एमालेकी रेखाकुमारी सरदार २२ मत ल्याएर विजयी भए। कांग्रेसमा संस्थापन पक्षकी सपना कोइराला १९ मत पाएर विजयी बन्दा बागी उम्मेदवार चन्द्रकला चौधरी २५ मत ल्याएर विजयी भइन्। महिलामा कांग्रेसकै मिथिला आचार्य १८ र मीनादेवी विश्वास १४ मत ल्याएर पराजित भए।  

Shivam cement

दलित तथा अल्पसंख्यक कोटामा कांग्रेसका बागी उम्मेदवार किरणकुमार चौधरीले २२, बनुलाल उराँव २२ मत ल्याएर निर्वाचित भए। कांग्रेसका आधिकारिक उम्मेदवार जयप्रकाश मण्डल र जयप्रकाश सरदारले १३–१३ मत मात्रै पाए।

प्रकाशित: Jun 02, 2022| 18:42 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...