सोमबार, असार ८, २०८३

'दलहरूको गठबन्धनले देश बन्दैन'

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।

National life

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने बताए। देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उनको भनाइ छ।

महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए। उनले भने,  ‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको, दलहरु मिलेर देश बनाएको भन्ने हामीले सुन्दैनौँ। देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ। गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन। आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ, यो राष्ट्र निर्माणको बाटो होइन। प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन। राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताए। व्यापारीहरुले आयातमुखी नीति फेरि नआउने ठानेर अस्वाभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उनले बताए। उनले भने, ‘हाम्रा आम नीतिहरु सही हुँदाहुँदै सञ्चितिमा गिरावट आयो भन्ने कुरा मलाई लाग्दैन। आयातका लागि एलसी स्वीकृत गर्ने कुरा भनेको राष्ट्र बैंकको निगरानी भन्दा बाहिर हुन्छ भन्ने मलाई लाग्दैन। र भन्सार नीतिमा जुन प्रकारको हेरफेर गरिन्छ, त्यो हेरफेरको प्रभाव नै आयातमा अस्वाभाविक वृद्धि भयो।’

उनले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताए। रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उनले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राखे। सरकारले स्रोत नखुलेको लगानी भित्र्याउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उनले बताए।

Shivam cement

प्रकाशित: Jun 02, 2022| 17:16 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...