शुक्रबार, मंसिर १२, २०८२

श्रमिक अस्पतालका लागि बुटवलमा सम्भाव्यता अध्ययन

श्रमिकलाई लक्षित गरी छुट्टै श्रमिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

बुटवल– श्रमिकलाई लक्षित गरी छुट्टै श्रमिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ। नेपाल तथा विदेशमा काम गर्ने नेपाली श्रमिक एवं नेपालमा काम गरिरहेका विदेशी श्रमिकलाई लक्षित गरी अस्पताल निर्माण गर्ने सरकारी तयारी छ। 

National life

सोही तयारी अनुसार रुपन्देहीमा अस्पताल निर्माणका लागि जग्गाको खोजी गर्न टोली आएको हो। सम्भाव्यता अध्ययन टोलीले भैरहवामा उद्योगी, व्यवसायी, श्रमिक, सरकारी कर्मचारीसँग अस्पतालको मोडल, जग्गा उपलब्धता लगायतको विषयमा छलफल गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डाक्टर दीपक काफ्लेको संयोजकत्वमा गठित टोलीले सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि श्रमिक अस्पताल निर्माण गर्नुपर्ने देखिएकाले सम्भाव्यतथा अध्ययन थालिएको बताए।

सह–सचिव काफ्लेले ७० लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि कार्यस्थलमा हुने दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेशागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने सरकारको योजना रहेको बताए। योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था कार्यान्वयन गराउन उपयोगी हुने भएकाले अस्पताल निर्माणको अवधारणा अघि बढाइएको काफ्लेले बताए।

काफ्लेले अस्पताल विकास समिति मोडल वा अस्पताल निर्माण परियोजना निर्माण मोडेले गरी २ वटामध्ये कुन तरिकाबाट अस्पताल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए। सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा अस्पतालको डिपिआरको लागि बजेट समेत बिनियोजन गरिसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 02, 2022| 16:14 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।