काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी दुई तहको संघीयताका पक्षमा उभिएको छ। धुलिखेलमा सम्पन्न दुई दिने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो।
'तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ,' बैठकपछि जारी निर्णयमा उल्लेख छ, 'यसलाई आगामी केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा अघि बढाइनेछ।' यसका लागि राप्रापाले असार ७-९ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
देशमा ५ दलीय सत्ता गठबन्धनका कारण चुनावमा अपेक्षित सफलता पाउन नसकेको राप्रपाको ठहर छ। यस्तै पार्टीको लोकप्रिय मतमा उल्लेख्य सुधार भएको उसले उल्लेख गरेको छ। उसले प्रदेश र संघको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ।
राजेन्द्र लिङदेनको अध्यक्षतामा समपन्न बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीका साथै केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरुको सहभागिता थियो।
यस्तो छ राप्रपाको २० बुँदे निर्णय