शुक्रबार, मंसिर १२, २०८२

गुल्मीको बजेट १७ करोड बढ्यो, कुन पालिकालाई कति?

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो। 

National life

जिल्लाका दुई नगरपालिकाको लागि  ८९ करोड  ६५ लाख र १० गाउँपालिककाको लागि ३ अर्ब ६२ करोड ३१ लाख बजेट विनियोजन भएको हो। 

मुसिकोट नगरपालिकाको लागि ४८ करोड ५२ लाख बजेट छुट्याइएको छ। रेसुङ्गा नगरपालिकामा कुल ४१ करोड १३ लाख बजेट छुट्याइएको छ। गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट धुर्कोटका लागि ४० करोड ६३ लाख छुट्याइएको हो। 

मालिका गाउँपालिकाको लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। छत्रकोट गाउँपालिकाको लागि ३८ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याईएको छ। 

यसैगरी इस्मा गाउँपालिकाको लागि ३१  करोड ३ लाख बजेट छुट्याइएको छ। कालीगण्डकी गाउँपालिकाको लागि ३४ करोड ४३ लाख बजेट तय गरिएको छ। गुल्मी दरबारको लागि ३२ करोड १९ लाख बजेट विनियोजन गरिएको छ। 

Laxmi sunrise bank
kumari

चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ८४ लाख बजेट छुट्याइएको छ। मदाने गाउँपालिकाका लागि ३८  करोड २० लाख बजेट छुट्याइएको छ। रुरुको लागि कुल ३६ करोड  १६ लाख बजेट छुट्याइएको छ। सत्यवति गाउँपालिकाको लागि कुल ३८ करोड १० लाख बजेट विनियोजन गरिएको छ 

चालु आर्थिक वर्षको लागि गुल्मीका सबै पालिकालाई कुल ४ अर्ब ३४ करोड ७८ लाख बजेट छुट्याईएको थियो। त्यसमा १७ करोड १८ लाख बढी रकम आगामी आर्थिक वर्षका लागि विनियोजना गरिएको छ। 

प्रकाशित: Jun 02, 2022| 15:31 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।