बुधबार, चैत ४, २०८२

गुणस्तरीय शिक्षाका लागि शिक्षक सबल बनाउनुपर्छ : पोखरेल

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरीय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिए।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- प्रतिनिधि सभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई नै सबल बनाउनुपर्ने सुझाव दिएका छन्।

National life

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरीय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिए।

‘विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने व्यवस्था छ तर सोचेअनुसार हुन सकेको छैन,’ सांसद पोखरेलले भने, ‘शिक्षकलाई सबल बनाउनुपर्छ भने विद्यालय प्रविधिमैत्री बनाउनुपर्छ।’

उनले प्राविधिक शिक्षामा संविधानको अवधारणअनुसार सिकाउने र पाठ्यक्रममा शिक्षा मन्त्रालय मानव संशाधन मन्त्रालयका रूपमा हेरिनुपर्ने सुझाव समेत दिए। 

स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘यो कम्पनीलाई दिने कुरा कुनै कोणबाट हेर्दा पनि सन्तोजनक हुनसकेको छैन, यसलाई पुनरावलोकन गर्न म आग्रह गर्छु।’

Laxmi sunrise bank
kumari

सांसद जीवनराम श्रेष्ठ र सूर्यनारायण यादवले बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयन गर्न सुझाव दिए। बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ।

प्रकाशित: Jun 02, 2022| 14:20 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्