बुधबार, चैत ४, २०८२

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली

लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ।

National life

यस अन्र्तगत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले विरामीको  रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ।

उक्त स्वास्थ्य सुचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरिएको छ। 

स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आबद्व विरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दावी पनि इएमआर सफ्टवेयर मार्फत  डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ। बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सुचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ। यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमा भित्र बीमा दावी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुनेछ। 

त्यसैगरी, डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सुचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ। अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सुचना प्रणाली मार्फत डिएचआइएस–२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ। यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डिएचआइएस –२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्रि गर्नु पर्ने छैन। 

Laxmi sunrise bank
kumari

अस्पतालले विरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ। यस मार्फत विरामीहरुले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइल वालेट मार्फत् घरमै बसि अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भूक्तानी गर्न सक्नेछन् र साथसाथै विरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसि अनलाइनमार्फत् हेर्न सक्नेछन्। यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरीरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा संचालन गरेको हो। 

कोजेन्ट हेल्थ प्रा।लि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ। कोजेन्ट हेल्थद्धारानिर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब लगायत ई–अपोइन्टमेन्ट जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्। 


प्रकाशित: Jun 02, 2022| 13:32 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्