बुधबार, साउन २७, २०८३

गगन थापाले भने- विद्युतीय सवारीको आयातमा कर घटाऔं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटमार्फत इलेक्ट्रिक सवारीमा बढाइएको करको विरोध गरेका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटमार्फत इलेक्ट्रिक सवारीमा बढाइएको करको विरोध गरेका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा बोल्दै थापाले  विद्युतीय सवारीमा लगाइएको करको विरोध जनाएका हुन्।

विद्युत खपतमा ऊर्जा मन्त्रालयले योजनाबद्ध रूपमा महत्त्वपूर्ण कार्यक्रम अगाडी सारेको अवस्थामा इलेक्ट्रिक गाडीलाई करको आँखाले हेर्न नहुने उनको भनाई छ। 

‘हामीले पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने समयमा इलेक्ट्रिक गाडीलाई महँगो र सस्तो भनेर छुट्याउनु गलत भएको छ,’ थापाले भने।

इलेक्ट्रिक गाडीलाई पनि भन्सार र अन्तःशुल्क बढाउनु गलत भएको थापाले बताए। पूर्ववर्ती सरकारले विद्युतीय सवारीमा लगाएको करको संसदमा आफूहरूले विरोध गरेको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने समेत थापाले बताए।

प्रकाशित: Jun 02, 2022| 12:31 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...