सोमबार, असार ८, २०८३

अर्थमन्त्रीलाई गगनको प्रश्न- बजेटको आकार के आधारमा बढाउनुभयो?

पाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको आकार बढाइएकोमा अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न गरेका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको आकार बढाइएकोमा अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा बोल्दै थापाले बजेटको आकार ठूलो बनाएको तर त्यसको स्रोत व्यवस्थापन कसरी गर्ने हो? भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका हुन्। 

National life

चालु आर्थिक वर्षमा क्षमता अभाव भएको भन्दै बजेटको आकार घटाउने तर अहिले के आधारमा बढाइएको भन्दै प्रश्न गरे। ‘स्रोत व्यवस्थापनमा के नयाँ काम गर्दैछौं? क्षमता अभिवृद्धिका लागि के गर्दैर्छौ ? जसका कारणले बजेटको आकार बढाइएको छ,’ उनले भने। उनले विगतमा वर्षमा हुन नसकेको पुँजीगत खर्च यस वर्ष कसरी हुनसक्छ भन्दै प्रश्न समेत गरे।

उनले काठमाडौं-चितवनको द्रुतमार्गका विषयमा भौतिक मन्त्रालयलाई जानकारी नै नभएको, सडक विभागलाई पनि कुनै जानकारी नभएको दाबी गरे। 

थापाले विद्युतीय सवारी साधनमा कर बढाउनु गलत भएको बताए। पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधन भए पनि कर थोपर्नु गलत भएको बताए।

‘अर्थतन्त्रको वृद्धिदर ८ प्रतिशतको लक्ष्य राख्ने तर र राजस्व २० प्रतिशतले कसरी बढ्छ? आयात निरुत्साहित गर्ने, मूल्यवृद्धि र बैंकको ब्याजदरका कारणले पनि आर्थिक वृद्धिको लक्ष्य कसरी हुन्छ? वैदेशिक अनुदान ६३ अर्ब भनेकोमा करिब २४ अर्ब रुपैयाँ आयो, यसपटक ५५ अर्ब रुपैयाँ आउँछ?,’ अर्थमन्त्रीसँग थापाको प्रश्न थियो, ‘उनले जेठसम्म पुँजीगत खर्च ३३ प्रतिशतमात्रै रहेको भन्दै कसरी कार्यान्वयन हुन्छ त्यसको जवाफ अर्थमन्त्रीले दिनुपर्छ।’

Shivam cement

उनले  कम्पनीमार्फत स्वास्थ्य बिमा सञ्चालन गर्ने धारणा उचित नभएको बताए । ‘स्वास्थ्य बिमा सामाजिक सुरक्षाको कार्यक्रम हो । हामीहरूले वर्षौ लगाएर यो कार्यक्रम ल्याएका थियौं,’ उनले भने, ‘तर बजेटमार्फत यो कार्यक्रम कम्पनीमार्फत चलाउने भनिएको छ । जुन सामाजिक सुरक्षाको दृष्टिकोणले उचित होइन । सामाजिक सुरक्षाको दृष्टिबाट तपाईंहरुले बुझ्नु भएन भन्ने हो।’ 

उनले समग्रमा बजेट निजी क्षेत्रमैत्री भएको र निजी क्षेत्रका माग सम्बोधन गरेको बताए । उनले बजेटले उपर्युक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताए। 

‘अर्थतन्त्रको अहिलेको समस्या संकटको चुरो भनेको व्यापार घाटा हो। व्यापार घाटा कम गर्न उत्पादन कम गर्नुपर्नेछ, उत्पादकत्व बढाउनुपर्नेछ। त्यसैले आयतबाट उत्पादन तर्फ स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्र्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ। म त्यसको स्वागत गर्छु,’ उनले भने, 'उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ। यसका लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो। करिब ६५ प्रतिशत जनसंख्या कृषिमा लागेर मात्रै होइन।'

उद्योगको व्याकवार्ड लिंकेजका लागि पनि कृषिमा लगानी नगरीकन यसको उत्पादकत्व नबढाईकन अरू आधार केही पनि नभएको थापाले बताए। 'यसका लागि स्रोत विनियोजन पनि ठिक छ। उत्पादनमा वृद्धि, विकास र समृद्धि भनेर उत्पादन गर्न सकिने सेक्टरहरू चाहे टेक्सटाइल, जुत्ता कन्स्ट्रक्सन यसलाई प्रोत्साहन गर्नेगरीकन निर्यात प्रवर्द्धन गर्नेकुराको सन्दर्भमा पनि प्रधानमन्त्रीकै नेतृत्व रहनेगरी जुन कार्यक्रम आएको छ। त्यो पनि ठिक छ। कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रबाट थला परेको सोसाइटीको विभिन्न समूहहरू काहीँ औषधीको राहतले होला, काहीँ चुलोमा दिने छुटले होला, काहीँ आवसमा दिने छुटले होला, कर्जाप्रवाहलाई सजिलो बनाउने कुरा होला, इन्टरनेट सस्तो बनाउने कुरा होला, तलबको वृद्धि होला, आयकर छुटको कुरा होला, यसले नागरिकहरूको आत्मविश्वास बढाउँछ,’ उनले भने।

प्रकाशित: Jun 02, 2022| 12:17 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...