बुधबार, साउन २७, २०८३

प्रदीप ज्ञवालीको प्रश्न- बूढीगण्डकी चीनलाई किन नदिने?

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले बूढीगण्डकी चीनलाई किन नदिनेभन्दै प्रश्न गरेका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले बूढीगण्डकी चीनलाई किन नदिनेभन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको विभेदकारी क्रियाकलापले विदेशी लगानीकर्तालाई हतोत्साही बनाइरहेको उनको आरोप छ।

'विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ। तर, तपाईंका क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ,' उनले प्रश्न गरे, 'बूढीगण्डकी पहिले चीनलाई दिने भनेर सम्झौता गरिएको र अहिले के नपाएर नदिने भनेको?' 

ज्ञवालीले पहिले एमसीसी परियोजना गिजोलिएको र अहिले बूढीगण्डकी जलविद्युत् आयोजनालाई गिजोल्न खोजिएको आरोप ल गाए।

'हिजो एमसीसीलाई गिजोलियो। आज फेरि त्यसैगरी बूढीगण्डकी गिजोल्दै हुनुहुन्छ। यो गिजोल्ने कुरामा किन आनन्द आउँछ?,' उनले भने।

प्रकाशित: Jun 02, 2022| 11:55 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...