काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको भ्रातृ संघठन नेपाल विद्यार्थी संघ त्रिवि समितीले फेरि तालाबन्दी गरेको छ। कीर्तिपुरस्थित त्रिवि पदाधिकारीको कार्यलयमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्।
उपकुलपति कार्यालयसहित रेक्टर र रजिस्टार कार्यलयमा त्रिवि पदाधिकारीको बर्खास्तीको माग गर्दै विद्यार्थीहरूले ताला लगाएका छन्।
नेविसंघले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि पनि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो। तर, बुधबार नेकपा (क्रान्तिकारी)ले ताला फुटाएको थियो। यसको नेविसंघले विरोधसमेत गरेको छ।