बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जमा तनाव : राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरी हस्तक्षेप

नेपालगञ्जमा तनाव : राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरी हस्तक्षेप

बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनाव सिर्जना भएको छ। आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही व्यक्तिले राजा वीरेन्द्रको शालिक राख्न खोजेपछि तनाव उत्पन्न भएको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

बाँके- बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनाव सिर्जना भएको छ। आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही व्यक्तिले राजा वीरेन्द्रको शालिक राख्न खोजेपछि तनाव उत्पन्न भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ। २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो। त्यसपछि त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो। 

उक्त स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरू वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका थिए।

उनीहरूले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए। तर, शालिक ‘फिक्स्ड’ गर्दैगर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। 

सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड भएको छ।

सेतु विक चोक दोस्रो जनआन्दोलनभन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक थियो। पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक भनियो र सो स्थानमा सेतु विकको शालिक राखिएको थियो।

प्रकाशित: Jun 02, 2022| 11:04 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...