बुधबार, साउन २७, २०८३

राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन्। हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो।

खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए। उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामनासमेत दिएका छन्।


प्रकाशित: Jun 02, 2022| 10:34 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...