मंगलबार, फागुन १९, २०८२

विश्वकपमा छनोट हुन वेल्स र युक्रेन भिड्ने

स्कटल्यान्डविरुद्धको खेलमा युक्रेनले ३-१ को जित निकाल्दै प्ले अफको फाइनलमा स्थान बनाएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं-  रसिया र युक्रेन युद्धका कारण रोकिएको विश्वकप छनोटको एक प्लेअफ खेल बुधबार राति सम्पन्न भएको छ। स्कटल्यान्डविरुद्धको खेलमा युक्रेनले ३-१ को जित निकाल्दै प्ले अफको फाइनलमा स्थान बनाएको छ।

रसियाले युक्रेनमा युद्ध सुरु गरेका कारण यसअघि यी दुई टिमको खेल हुन सकेको थिएन। तर युक्रेनको टिमले विश्वकपको लागि तयारी भने गरिरहेको थियो। युक्रेन यो वर्ष कतारमा अयोजना हुने विश्वकप खेल्न चाहान्छ।

तर त्यसका लागि उसले प्ले अफको फाइनलमा वेल्सलाई हराउनु पर्ने भएको छ। युनाइटेड किंङडम अन्तर्गतको वेल्स विश्वकपको दाबेदार टिम हो। त्यसैले युक्रेनलाई विश्वकपमा पुग्न सहज भने छैन्। 

यी दुईटिमबीचको खेल आगामि जुन ५ मा हुनेछ। यो खेलमा जित निकाल्ने टिमले कतारमा हुने विश्कप खेल्न पाउनेछ। यता, १३ देश सहभागी रहने युरोपबाट १२ टिमको टुंगो लागिसकेको छ। प्ले अफबाटै पोर्चुगल र पोल्यान्डले विश्वकपमा स्थान बनाइसकेका छन्। यता इटाली भने प्ले अफबाट आउट भएको थियो।

बुधबार रातिको खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्नका लागि युक्रेनका योर्मोलेन्को, रोमन यारेमचुक र आर्टिम डोब्याकले गोल गरेका थिए।

kumari

प्रकाशित: Jun 02, 2022| 10:29 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।