सोमबार, कात्तिक १०, २०८२

बाजुरामा सिडिओ र डीएसपी फेरिए, बूढीगंगाको चुनाव अझै अनिश्चित

सरकारले बाजुरा जिल्लामा सिडिओ र डीएसपी फेरेको छ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- सरकारले बाजुरा जिल्लामा सिडिओ र डीएसपी फेरेको छ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको हो।

Kumaribank

बूढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि 'बुथ कब्जा भएको' भन्दै विरोध भएको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ। एमालेले भने सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाएको छ।

दुई दलबीचको विवादले स्थगित निर्वाचनको नयाँ मिति निर्धारण हुन सकेको छैन। कांग्रेसबाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए।

चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले नयाँ सिडिओको रुपमा प्रकाशचन्द्र अधिकारीलाई खटाएको छ। सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ।

Metro Mart

निर्वाचन आयोगले यहाँ निर्वाचन अधिकृतसमेत पठाएको छ। पुष्पराज पाण्डे निर्वाचन अधिकृतको रुपमा आयोगले जिम्मेवारी दिएको छ।

उक्त नगरमा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायतसँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको छ।

पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए।

यसपछि आयोगले बूढीगंगामा पुन: मतदान गर्ने निर्णय गर्दै प्रजिअ र प्रहरी प्रमुखहरू परिवर्तन गर्न सिफारिस गरेको थियो।

प्रकाशित: Jun 02, 2022| 07:56 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।