सोमबार, असार ८, २०८३

'प्रतिनिधि सभाको कार्यकाल मंसिर २२ सम्म'

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक मंसिर २२ गते निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएकाले त्यसपछिको ५ वर्ष सदस्यहरूको कार्यकाल हुने प्रमुख आयुक्त दिनेश थपलियाको भनाइ छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ। उक्त मितिमा हाल प्रतिनिधि सभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो। 

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक मंसिर २२ गते निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएकाले त्यसपछिको ५ वर्ष सदस्यहरूको कार्यकाल हुने प्रमुख आयुक्त दिनेश थपलियाको भनाइ छ। 

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव  दुई चरणमा भएको थियो। २०७४ मंसिर ११ उच्च पहाडी तथा हिमालका जिल्लामा भएको थियो भने मंसिर २१ गते तराई र पहाडी जिल्लामा मतदान भएको थियो। दोस्रो चरणको मतदान सकिएपछि मात्र पहिलो चरणको पनि मतगणना सुरु भएको थियो।

प्रकाशित: Jun 01, 2022| 21:52 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...