सोमबार, असार ८, २०८३

कमल थापाले गरे वैकल्पिक मार्गचित्र प्रस्तुत

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन्। हेटौँडामा राप्रपा नेपाल मकवानपुरले बुधबार आयोजना गरेको बृहत् अन्तक्र्रियामा उहाँले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेका हुन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन्। हेटौँडामा राप्रपा नेपाल मकवानपुरले बुधबार आयोजना गरेको बृहत् अन्तक्र्रियामा उहाँले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेका हुन्।

National life

उनले भने, 'अहिले देश नीतिगत, संरचनागत, आर्थिक दिशा अन्योलग्रस्त छ, सही दिशामा गइरहेको छैन।' विसं २००७ देखिको हालसम्मको राजनीतिक इतिहास हेर्ने हो भने हरेक १५/२० वर्षमा संविधान बदलिएकाले राजनीतिक स्थिरता नभएकाले संसदीय व्यवस्था पनि स्थायित्व नभएको यथार्थ रहेको तथा बहुदलीय व्यवस्था भए पनि सत्तामा जाने दलले राज्यको हरेक संवैधानिक अङ्गलाई आफ्नो अनुकूल बनाइ राज्य सत्तामा पकड बनाउँदा संसदीय व्यवस्थाले अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाको भनाइ छ। 

उनले शासन व्यवस्था प्रजातान्त्रिक भए पनि देशको आर्थिक अवस्था जनताले अपेक्षा गरेअनुसार उपलब्धि हुन नसकेको, राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार मौलाएका कारण देश कमजोर हुँदै गएकाले देशलाई सही दिशानिर्देश गर्न राप्रपा नेपालले देशभरि वैकल्पिक मार्गचित्र लिएर जनतामाझ आएको जिकिर गरे। 

उनले वैकल्पिक मार्गचित्रबारे जानकारी दिँदै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक आधारमा निर्वाचित संसद्को व्यवस्था, उदार अर्थतन्त्र, पारदर्शी जवाफदेही भ्रष्टाचारमुक्त प्रशासन, लोककल्याणकारी ग्रामीण अर्थतन्त्रमा सरकारको भूमिका, निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थव्यवस्था सञ्चालन गर्ने व्यवस्थाबाट देश सही दिशामा जाने दाबी गरे।

प्रकाशित: Jun 01, 2022| 22:10 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...