बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा र ओलीलाई भेटेपछि बालेनले लेखे- उहाँहरूको प्रेरणाले ऊर्जावान् बनाएको छ

देउवा र ओलीलाई भेटेपछि बालेनले लेखे- उहाँहरूको प्रेरणाले ऊर्जावान् बनाएको छ

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटेका प्रमुख शाहले काठमाडौंको मेयरमा शपथ लिनुअघि ओलीसँग भेट गरेका थिए।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटले आफूलाई ऊर्जावान बनाएको बताएका छन्। 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटेका प्रमुख शाहले काठमाडौंको मेयरमा शपथ लिनुअघि ओलीसँग भेट गरेका थिए। 

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले चुनावमा चमत्कार गरेको भन्दै बालेनलाई बधाई दिएका थिए। यसका साथै उनले महानगरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

'केहीअघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ। आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ। भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ,' उनले फेसबुकमा लेखेका छन्। 

यस्तो छ बालेनको फेसबुक स्टाटस
हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन्। आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ। यसका लागि सबैसँग सहकार्य अनिवार्य छ। राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन। स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।

काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ। यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ। 

यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ; आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ। भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ।

प्रकाशित: Jun 01, 2022| 19:44 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...