शुक्रबार, मंसिर १२, २०८२

देवदहको कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन विजयी

रुपन्देहीको देवदह नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेवार कार्यपालिकामा निर्वाचित भएका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

बुटवल– रुपन्देहीको देवदह नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेवार कार्यपालिकामा निर्वाचित भएका छन्।

National life

५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन बनेको हो। एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित भएका हुन्।

महिला सदस्यमा नेकपा एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए। दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताए।

देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १४ जना यसअघि नै निर्वाचित भइसकेका थिए।  बाँकी रहेको ८ जनाको लागि बुधबार निर्वाचन भएको हो।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए। देवदहको मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ। यहाँ नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 01, 2022| 17:07 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।