मंगलबार, फागुन १९, २०८२

ओलम्पिक डे : १९ दिनमा २ हजार ४८६ कार्यक्रम हुने

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ‘स्पोर्टस फर अल कमिसन’ ले ओलम्पिक डेको असर पारेर त्यस आसपासका १९ दिनमा दुई हजार ५८६ कार्यक्रम गर्ने भएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ‘स्पोर्टस फर अल कमिसन’ ले ओलम्पिक डेको असर पारेर त्यस आसपासका १९ दिनमा दुई हजार ५८६ कार्यक्रम गर्ने भएको छ।

स्पोर्टस फर नेपालले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। उसले विभिन्न संघसँग आबद्ध भएर थोरै रकममा धेरै कार्यक्रम गर्न लागेको बताएको छ। 

ओलम्पिक डे हरेक वर्षको जुन २३ तारिखमा मनाइने गरिन्छ। यो वर्ष पनि त्यो दिनको छेको पारेर जेठ २२ गतेबाट असार ९ गतेसम्म प्रतियोगिता गरिने भएको स्पोट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जानकारी दिए।

यी सबै प्रतियोगिताको लागि उसले समन्वय गर्ने भएको छ। स्पोट्स फर नेपाल कमिसनको तत्वाबधानमा सबै प्रतियोगिता आयोजक संघहरुले नै गर्ने भएका छन्। यसमा राष्ट्रिय खेलकुद संघसंस्था, विभिन्न विद्यालय, सुरक्षा निकाय र अन्य विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ।

अध्यक्ष श्रेष्ठका अनुसार प्याब्सनले मात्र यो अवसरमा एक हजार कार्यक्रम गर्नेछ भने एन प्याब्सनले पनि कार्यक्रम गर्नेछ। दुवै प्रहरी र आर्मीले पनि विभागका कार्यक्रम गर्नेछन्।

kumari

स्पोट्स फर अल कमिसनले सबैलाई प्रतियोगितामा राष्ट्रगान र ओलम्पिक एन्थम भने अनिवार्य गरेको छ। सबै कार्यक्रममा दुई लाख २५ हजार चार सयभन्दा धेरै खेलाडी सहभागी बन्ने अल कमिसनको आँकलन रहेको छ।

तर यो सबै प्रकृयाका लागि स्पोट्स फर अल कमिसनले पाँच लाख मात्र खर्च गर्नेछ। चार करोड बराबरीको प्रतियोगिता भए पनि प्रतियोगिताको सबै खर्च आयोजक संघहरुले नै बेहोर्ने भएका हुन्। स्पोट्स फर अल कमिसनले भने ओलम्पिकसँग समन्वयकारी भूमिका निर्वाह गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन्।

खेलकुद कार्यक्रम विभिन्न प्रदेशमा पनि हुनेछन्। ‘अहिलेको युवा कुलतमा नलागुन, बुढापाकालाई पनि अभ्यास गरिरहनका लागि हौषला मिलोस् भन्ने भावनाका साथ यो कार्यक्रमको आयोजना गरिएको हो,’ पत्रकार सम्मेलनमा श्रेष्ठले आयोजनाको औचित्यबारे स्पष्ट पारेका छन्।

प्रकाशित: Jun 01, 2022| 16:57 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।