सोमबार, असार ८, २०८३

राजनीतिको चाबी माओवादीको हातमा आएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन्। स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले माओवादीमाथि शंका पनि व्यक्त गरेको र आशा पनि राखेको उनले बताए।

National life

माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण दिने क्रममा बुधबार प्रचण्डले जनप्रतिनिधिले जनताका काम गर्नुपर्नेमा जोड दिए। ‘हाम्रो पार्टीप्रति जनताको मोह भंग भइसकेको स्थिति छैन। तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ। जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ। माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने।

जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका जारी गर्ने उनले सुनाए। उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिए। उनले भने, ‘उपदेश दिनका लागि यो आयोजना गरिएको होइन। उपदेश धेरै भइसकेको छ। कामकाजी कुरा चाहिएको छ। हाम्रा प्रतिनिधिलाई हेर्दा जनताले माओवादी सच्चिन लागेको रहेछ भन्ने हुनुपर्‍यो।’

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्व मुख्यसचिव लिलामणि पौड्याल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ।

माओवादी केन्द्रले देशभर १२१ स्थानीय तहमा प्रमुख जितेको छ भने १ सय २६ स्थानीय तहमा उपप्रमुख हात पारेको छ।

Shivam cement

प्रकाशित: Jun 01, 2022| 14:40 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...