बिहीबार, साउन २८, २०८३

बडिमालिका दर्शनका लागि राष्ट्रपति पुगिन् बाजुरा

राष्ट्रपति विद्यादेवी भण्डारी बडिमालीका शक्तिपीडको दर्शनका लागि बाजुरा पुगेकी छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

 काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बडिमालीका शक्तिपीडको दर्शनका लागि बाजुरा पुगेकी छन्।  

उनी बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

अनौपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौंबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले बुधबार पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। भण्डारी हिजो सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्।

भ्रमण सकेर उनी आजै काठमाडौं फर्किने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए।

प्रकाशित: Jun 01, 2022| 11:20 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...