बुधबार, साउन २७, २०८३

प्रतिनिधि सभा ११ र राष्ट्रिय सभा बैठक १ बजे

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा जेठ १५ गते सरकारले पस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुनेछ। बजेटमाथि मंगलबार पनि सांसदहरूले आफ्नो धारणा राखेका थिए।

मंगलबार सांसदहरुले बोल्ने क्रम नसकिएकोले त्यसलाई आज पनि निरन्तरता दिइएको हो। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ।

प्रकाशित: Jun 01, 2022| 11:02 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...