बुधबार, चैत ४, २०८२

चिकित्सा शिक्षाको शुल्क बढ्यो, कुन विषय पढ्न कति लाग्छ?

सरकारले चिकित्सा शिक्षातर्फ स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- सरकारले चिकित्सा शिक्षातर्फ स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।

National life

बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। बैठकमा पछिल्लो ४ वर्षयता शुल्क नबढेको र योबीचमा मूल्य वृद्धि तथा कर्मचारीको तलबसमेत बढेको भन्दै शुल्क बढाउन सुझाव आएको थियो।

छलफलमा शुल्कलाई १५ प्रतिशत बढाउन प्रस्ताव गरिएको थियो। सबैसँगको छलफलमा ३.६ प्रतिशत बढाउन उचित हुने सुझाव आएपछि त्यही अनुसार निर्णय भएको बताइएको छ।

बैठकको निर्णयसँगै एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ। उपत्याकाबाहिर ४५ लाख ९५ हजार ७२१ पुगेको छ। बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।

बीएससी नर्सिङको १० लाख ३६ हजार रुपैयाँ, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार, बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपीको ७ लाख ७७ हजार पुगेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 01, 2022| 09:04 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्