सोमबार, वैशाख २४, २०८१

शिक्षण अस्पतालमा नओभाएका आँखा

यत्तिकैमा दुर्घटनामा परी मृत्यु भएका ओखलढुंगाका प्रकाश सुनुवारकी श्रीमतीले डा. कँडेल छेउ पुगिन्। ‘डा म त मेरो श्रीमानको कपडाले चिन्छु नि। मलाई त हेर्न दिनु न,’ रातभर रोएर सुन्निएका आँखाले डा कँडेलतिर हेर्दै आफ्नो मोबाइल तेर्स्याइन्, 'फोटो पनि यहीँ छ। नपत्याए हेर्नू।'
 |  मंगलबार, जेठ १७, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- मंगलबार करिब ९ बजे। त्रिवि शिक्षण अस्पताल। सिमसिम पानी परिरहेको थियो। अस्पतालको पोस्टमार्टम वार्डसँगैको विल्डिङमा केही प्रहरी, केही चिकित्सक, केही तारा एयरलाइन्सका कर्मचारी र केही आँखा भिजाएर बसिरहेका मानिस थिए। साथमा अरु मानिसको पनि भिड थियो। तर सबै मौन थिए। सबैको अनुहारमा उदासिनता देखिन्थ्यो। एक अर्काको मुहारमा हेर्नुबाहेक उनीहरुको मुखबाट शब्द निस्कन लामो समय लाथ्यो।

triton college

आइतबार तारा एयरको दुर्घटनामा परी मृत्यु भएकाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याएपछि आफन्त अस्पताल पुगेका थिए। शव आइपुगेपछि तारा एयरका कर्मचारीले आफन्तलाई अस्पताल बोलाएका थिए। आफन्त आउने क्रम जारी थियो। अस्पताल आइपुगेका आफन्त शव नै भएपनि एकपटक उनीहरुलाई हेर्न आतुर थिए। एकपटक मात्रै भनेपनि हेरेर फर्कन्छु भनी डाक्टरसँग बिन्ति बिसाइरहेका थिए।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डाक्टर तुलसी कँडेलले आफन्तलाई शव लैजाने प्रक्रिया बुझाइरहेका थिए। 'अहिले तपाईंहरुले हेर्न पनि मिल्दैन, शव रेफ्रिजेरेटरमा छ। अब हामी पोस्टमार्टम गर्छौं र शरीर सबै सफा गरिसकेपछि तपाँइहरूलाई शव आफ्नो मान्छेको हो कि होइन भनी देखाउँछौं र प्रमाणित भएपछि दिन्छौं,' रोइरहेका आफन्तलाई कँडेलले सुनाए। 

चिकित्सकले शव हेर्नसमेत नमिल्ने बताएपछि केही छिनका लागि ओभाएका मृतकका आफन्तका आँखा फेरि बर्सिन थाले। डा. कँडेलले बिरामीका आफन्तलाई कत्ति पनि झिँझो नमानीकन सम्झाइरहे, आफन्त भने आफन्तको अनुहार हेर्न तड्पिरहे। 

यत्तिकैमा दुर्घटनामा परी मृत्यु भएका ओखलढुंगाका प्रकाश सुनुवारकी श्रीमतीले डा. कँडेल छेउ पुगिन्। ‘डा म त मेरो श्रीमानको कपडाले चिन्छु नि। मलाई त हेर्न दिनु न,’ रातभर रोएर सुन्निएका आँखाले डा कँडेलतिर हेर्दै आफ्नो मोबाइल तेर्स्याइन्, 'फोटो पनि यहीँ छ। नपत्याए हेर्नू।'

डा. कँडेलले उनलाई फेरि सम्झाउन थाले। ‘तपाईंले आफ्नो मान्छलाई चिन्नुहुन्छ, तर अहिले शव रेफ्रिजेनेटरमा छ। अब पोस्टमार्टम नगरी तपाईंहरुले हेर्न मिल्दैन। तपाइँहरूले दिएको प्रमाणका आधारमा शव मिल्यो भने हामी पोस्टमार्टम सकेपछि तपाईहरुलाई दिन्छौं, मिलेन भने डीएनए परीक्षण गर्नुपर्छ।’

corrent noodles
Metro Mart

चिकित्सकले शव हेर्नसमेत नमिल्ने बताएपछि केही छिनका लागि ओभाएका मृतकका आफन्तका आँखा फेरि बर्सिन थाले। डा. कँडेलले बिरामीका आफन्तलाई कत्ति पनि झिँझो नमानीकन सम्झाइरहे, आफन्त भने आफन्तको अनुहार हेर्न तड्पिरहे। 

पोस्टमार्टम गृहअगाडि शव बुझ्न आफन्त आउनेक्रम चलिरहेको थियो। तारा एयरका कर्मचारी पनि अस्पताल प्रांगणमै थिए। उनीहरुमध्ये एक महिला कर्मचारी भन्दै थिइन्, ‘यो क्षेत्रमा काम गर्न थालेको २८ वर्ष भयो। तर यस्तो प्रकारको दुर्घटना देखेको थिइनँ। जहाज यति धेरै क्षतविक्षत छ, लास जलेका छैनन्।’

मृतकका आफन्त एकअर्कासँग तपाँइ कसको मान्छे भन्दै साध्दै पनि थिए। मृतकका आफन्त चिन्न कुनै गाह्रो थिएन। उनीहरूको पिडा उस्तै थियो। सबै रोइरहेकै थिए। उनीहरु आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। उनीहरु आँफैमा अडिएर हिँड्न सक्ने अवस्थामा पनि थिएनन्। एकले अर्कोलाई साहरा दिएर हिँड्थे। 

कीर्तिपुर बस्ने उनकी देउरानी भन्थिन्, ‘विमान हराएको खबर सुनेदेखि दिदी मुर्छा पर्नुभएको थियो। रातिसम्म पनि रुँदारुँदा थाक्नुभएको दिदी अहिले केही सम्हालिनुभएको छ।'

मृतक प्रकाशकी श्रीमती एकैछिनमा चिकित्सकको छेउमा पुग्थिन् त, एकैछिनमा बाहिर सिँढीमा आएर बस्थिन्। उनी घरि एक्लै बरबराउँथिन् त घरि रुन्थिन्, ‘कस्तो दिनपनि देख्नुपर्ने रहेछ, भाग्यले कसरी ठग्यो अब कसरी बाँचौं? ती साना बच्चाले अब बुबा पनि भन्न नपाउने भए।’  

आफू उभिन पनि नसक्ने अवस्थाकी उनी छोराछोरीको चिन्ताले शिथिल थिइन्। आडैमा भएका आफन्त उनलाई केही भन्न सकेका थिएनन्। उनी उठ्न लाग्दा साहारा दिन्थे, हिँड्दा डोहोर्‍याउँथे। यो भन्दा अरु विकल्प आफन्तसँग पनि थिएन। 

कीर्तिपुर बस्ने उनकी देउरानी भन्थिन्, ‘विमान हराएको खबर सुनेदेखि दिदी मुर्छा पर्नुभएको थियो। रातिसम्म पनि रुँदारुँदा थाक्नुभएको दिदी अहिले केही सम्हालिनुभएको छ।'

उनका आफन्तका अनुसार मृतक प्रकाशका दुई छोराछोरी छन्। ठूली छोरी ९ वर्ष पुगिन्। सानो छोरा मात्र ५ वर्षका भए। अस्पताल आइपुगेका उनका आफन्तका अनुसार प्रकाश सुनुवार पर्यटकलाई पथप्रदर्शन गर्थे। परिवारसँगै काठमाडौंको बौद्ध बस्ने उनी शनिबार जर्मन पर्यटकलाई घुमाउन लैजाने भन्दै घरमा बिदा मागेर हिँडेका थिए। मुस्ताङमा उनी कहिल्यै नफर्कने गरी अस्ताए। 

आइतबार तारा एयरको दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ। यतिबेला सबै शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा राखिएको छ। विभागका प्रमुख डाक्टर तुलसी कँडेलले सबै शवको पोस्टमार्टम पर्सिसम्ममा सकिने बताए। बिहीबार साँझसम्म आफन्तलाई शव बुझाउने अस्पतालले जनाएको छ। 

सोमबार आएका १० शवको पोस्टमार्टम भइरहेको छ। मंगलबार आएको १२ शवको पोस्टमार्टम बुधबार सुरु गरिने डा कँडेलले बताए।

प्रकाशित: May 31, 2022| 21:21 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।