सोमबार, चैत २, २०८२

दुर्घटनामा पर्‍यो विमानस्थलबाट चोरिएको जहाज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वासिङ्टन– अमेरिकाको सियाटल विमानस्थलमा एक यात्रीविहीन जहाज बिनाअनुमति उड्यो । त्यसको केही समयपछि स्थानीय एक टापुनजिक दुर्घटनामा पर्‍यो । 

जहाज बिनाअनुमति उडाउने व्यक्ति विमानस्थलमा पनि गलत तरिकाबाट प्रवेश गरेका थिए । बिनाअनुमति जहाज उड्नासाथ एफ–१५ लडाकु जहाजले त्यसको पिछा गरेको थियो । जहाजसहित दुर्घटनामा परेका व्यक्तिको अवस्था अज्ञात छ । 

अधिकारीहरूले उक्त घटना कुनै आतंककारी गतिविधि भने नभएको बताएका छन् । जहाज उडाएर भाग्ने व्यक्ति सियाटलकै २९ वर्षका युवक हुन् । 

सामाजिक सञ्जालहरूमा पोस्ट गरिएको भिडियोअनुसार उक्त जहाज खतरनाक ढंगबाट उडिरहेको देखिन्छ । सियाटल टाइम्सका अनुसार एयर ट्राफिक कन्ट्रोलरले जहाजलाई विमानस्थलमै फर्काउने प्रयास गरेको थियो । 

उक्त जहाज होराइजन एयरको क्यू-४०० रहेको त्यसको साझेदार अलास्का एयरलाइन्सले जनाएको छ । दुर्घटनामा परेको स्थल केट्रोन टापुस्थित सैन्य अखाडा नजिक हो । उक्त जहाज ७८ सिट क्षमताको हो । 

जहाज उडिरहेको र दुर्घटनामा परेको भिडियो खिचेका स्थानीय लेह मोरिसका अनुसार जहाजको उडान शैली हेर्दा एकदमै डर लागेको थियो । किनभने, त्यो जहाँसुकै खस्न सक्थ्यो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।