सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्। 

National life

ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वर्ल्ड कंग्रेसबाट उनी आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएको भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए।

अध्यक्ष सिग्देल एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन्। आईएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएको युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले बताए।

प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो। श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो।


प्रकाशित: May 31, 2022| 15:54 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...