बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ : मन्त्री कार्की

नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ : मन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन्।

नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सोमबार उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे। मन्त्री कार्कीले नेपाल टेलिभिजन सधैँ पहिलो रोजाइको टिभीका रुपमा स्थापित हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे। साथै उनले सञ्चार जगतमा प्रतिस्पर्धा छ भन्ने कुरालाई विचार गरी खरो उत्रिन सकोस् भनी शुभकामना व्यक्त गरे।

नेपाल टिभीले सबै जातजाति र भाषाभाषीको आवाज सबै भूभागबाट बोल्नुपर्ने बताउँदै उनले त्यसका लागि सरकारको सहयोग, समर्थन र संरक्षण रहेको उल्लेख गरे। मन्त्री कार्कीले सबैको साझा प्रयत्न र त्यागबाट मुलुकमा विशिष्ट राजनीतिक पद्धति प्राप्त भएको उल्लेख गर्दै यसलाई संरक्षण गरी संस्थागत प्रवद्र्धनमा सबै जुट्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा नेपाल टिभीका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले टिभीको श्रीवृद्धि र विकास तथा कर्मचारी र पत्रकारको वृत्ति विकासका लागि आफू सदैव लागिरहने उल्लेख गर्दै यसको विकल्प नभएको बताए। 

नेपाल टिभीलाई बढी विज्ञापन उपलब्ध गराउने सरकारी तथा निजी संस्थालाई सम्मान गरिएको थियो भने नेपाल टिभीमा ३० र २० वर्षसम्म निरन्तर काम गरेका कर्मचारी तथा पत्रकारलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो। 

प्रकाशित: May 30, 2022| 23:30 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...