सोमबार, कात्तिक १०, २०८२

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ। 

Kumaribank

अधिवेशनको पहिलो दिन आजको बैठकमा विशेष समय लिएर प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९-८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेस गरे। मन्त्री रावलले नागरिकको सुशासन विकास र समृद्धिको आकाङ्क्षालई पूरा गर्ने ध्येयले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी दिए।

उत्पादन एवं उत्पादकत्व अभिवृद्धि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई ‘आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश’ निर्माणको आधार मानी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको छ। उपलब्ध स्रोत साधन, पूँजी र प्रविधि परिचालन गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र रोजगारी सिर्जनाका माध्यमबाट समृद्धि हासिल गर्ने ध्येयका साथ आगामी वर्षको बजेट तर्जुमा गर्न लागिएको मन्त्री रावलले जानकारी दिए। 

विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमले कृषि तथा पशुपन्छी क्षेत्रको विकासलाई प्राथमिकता दिइने भएको छ। यस्तै निजी क्षेत्रको समेत सहभागितामा पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण प्र्रवद्र्धन र विकास, सडक, पुल, खानेपानी, सरसफाइ, सिँचाइ, ऊर्जा, सहरी विकास जस्ता पूर्वाधार निर्माणका साथै स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिइने भएको छ। 

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट दसौँ अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउँदै अधिवेशनलाई मर्यादित रुपमा सञ्चालन गर्नमा प्रदेशसभाका सदस्यको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।  

Metro Mart

बैठकमा विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका अम्बिकुमारी थापा, नेकपा (एकीकृत समाजवादी)का दुर्गाकुमारी कामी, नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल र प्रतिपक्ष नेकपा (एमाले)का पठानसिंह बोहरा, राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले अधिवेशनको सफलताको शुभकामना दिए।

प्रकाशित: May 30, 2022| 23:00 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।