सोमबार, असार ८, २०८३

काठमाडौं महानगरको पहिलो बैठकमै तनाव

बैठकमा वडाध्यक्षको प्रश्नमा मेयर शाहले जवाफ दिएपछि मेयरको तर्फबाट भन्दै पौडेलले एकलौटी निर्णय सुनाउन थालेपछि विवाद भएको थियो। छलफलनै नगरी निर्णय गरिएकोमा वडाध्यक्षहरुले आपत्ति जनाए।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको पहिलो बैठकमै तनाव भएको छ। सोमबार भएको नगरकार्यपालिकाको पहिलो बैठकमा एकतर्फीरुपमा कार्यकारी अधिकृत लोकनाथ पौडेलले निर्णय सुनाउन थालेपछि वडाध्यक्षहरुले विरोध गरेकााले तनाव भएको हो। 

National life

बैठकमा वडाध्यक्षको प्रश्नमा मेयर शाहले जवाफ दिएपछि मेयरको तर्फबाट भन्दै पौडेलले एकलौटी निर्णय सुनाउन थालेपछि विवाद भएको थियो। छलफल नै नगरी निर्णय गरिएकोमा वडाध्यक्षहरुले आपत्ति जनाए।

काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले काठमाडौंको सरसफाइ, कर्मचारीको बिदा र अन्य निर्णय आउन थालेपछि पौडेललाई रोक्ने प्रयास गरे। छलफलै नगरिएको विषयमा निर्णय सुनाइएको उनले आपत्ति जनाए। 

रिजालले प्रस्ताव गर्ने, निर्णय लेख्ने र पास गर्ने कुराहरु पनि आफूहरुले सिकाउनुपर्ने भन्दै घेराबन्दी गरेपछि कार्यकारी अधिकृतपछि हटे। त्यसपछि उनले आफनो माइक मेयर शाहलाई नै थमाएका थिए। 

'मेरो बुझाइमा यो त एउटा मेरो प्रस्ताव मात्र हो। तपाईंहरूले हस्ताक्षर गरेपछि मात्र यसले वैधानिकता पाउँछ,' मेयर बालेन्द्र साहले भने, 'अहिले त भएकै छैन।'

Shivam cement

यसरी बैठकमा तनाब उत्पन्न भएपछि मेयर साहले त्यसलाई सम्हाल्दै सर्वसम्मत हुनसक्ने प्रस्ताव मात्रै आफूले अघि सारेर समर्थन गर्न आग्रह गरेका थिए। साहले सम्हाल्ने प्रयत्न गरेपछि वडाअध्यक्षहरुले पनि आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिए।

विवादको बीचमा अर्का एक वडाध्यक्षले बैठक प्रणाली सिक्न साहलाई आग्रह गरे। ‘संसदीय बैठक प्रणाली लागू गर्नुस् के! सिक्नुस् त्यो। अहिले कसरी प्रस्ताव लगिन्छ, कसरी अनुमोदन हुन्छ भनेर सिक्नुस् न,’ ती वडाध्यक्षले मेयर साहलाई भने। वडाअध्यक्षहरुले लिखित निर्णय गर्ने कुरामा छलफल गर्ने परिपाटी बसाउन पनि साहलाई सुझाए। यसमा साहले समर्थन जनाएपछि बैठकको वातावरण केही सम्हालियो।

प्रकाशित: May 30, 2022| 19:53 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...