शनिबार, वैशाख २२, २०८१

क्यानविरूद्ध ईपीएलले दायर गरेको मुद्दामा कारण देखाउ आदेश

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। 

triton college

सोमबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज मुद्दाको सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएका हुन्। ईपीएलले भने अन्तरिम आदेश माग गरेको थियो। यसका लागि भने सर्वोच्चले अर्को छलफलका लागि बोलाएको छ।

यसअघि क्यानले देशको एउटामात्र आधिकारिक लिग हुने बताउँदै अरू लिगलाई राष्ट्रिय मान्यता नदिने स्पष्ट पारेको थियो। साथै, क्यानले आगामी असोजमा हुने नेपाल टी २० लिगका ६ वटा टिमसमेत घोषणा गरेको थियो।

क्यानले अरू लिगलाई क्षेत्रीय मान्यता दिन भने सकिने बताएको छ। तर ईपीएएलले आफूले लिग सञ्चालनका लागि अनुमति पाउनुपर्ने माग दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार र  गुरुग्राम हरियाणास्थित सेभेन थ्री स्पोर्ट्सलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।

प्रकाशित: May 30, 2022| 18:17 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।