सोमबार, असार ८, २०८३

काठमाडौं महानगरका लागि यस्ता छन् बालेनका सुरुवाती योजना

आजमात्रै महानगरका जनप्रतिनिधिले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको शपथ लिएका थिए। लगत्तै पहिलो कार्यपालिका बैठक बसेको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बसिरहेको छ। हालै सम्पन्न स्थानीय निर्वाचनपछि पहिलोपटक कार्यपालिका बैठक बसेको हो। 

National life

आजमात्रै महानगरका जनप्रतिनिधिले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको शपथ लिएका थिए। लगत्तै पहिलो कार्यपालिका बैठक बसेको हो। 

शपथ ग्रहणपछि कार्यभार सम्हाल्दै महानगरका मेयर बालेन शाहले कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका थिए। सोहीअनुसार पहिलोपटक महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण भएको छ।

वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले भने बैठकको प्रत्यक्ष प्रसारण गरिएकोमा आपत्ति जनाए। प्रत्यक्ष प्रसारण गर्दा कार्यपालिकाको गोपनियता भंग हुने भन्दै उनले भने, ‘शपथ गर्ने बेलामा गोपनियता हुने, अहिले बैठक गर्दा चाहिँ अगोपनियता भयो कि भएन?’

Shivam cement

बैठकको सुरुमा मेयर, उपमेयर र वडाध्यक्षले संक्षिप्त परिचय दिएका थिए। त्यसपछि मेयर शाहले आजको बैठकका एजेन्डा प्रस्तुत गर्दै काठमाडौंको मुख्य समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनबारे आफ्नो धारणा राखे। त्यसपछि वडाध्यक्षहरुले रायसुझाव प्रस्तुत गरिरहेका छन्। 

यस्तो छ मेयर शाहको योजना

हामीले पदबहाली गर्नुभन्दा पनि अगाडि फोहोर व्यवस्थापनको कुरा ल्याएका थियौं। नुवाकोट पुगेर फोहोर फ्याँकिने गरेको ठाउँको अनुगमन पनि गर्यौं। काठमाडौंको कारण बञ्चरे डाँडा र सिसडोलबासीले समस्या झेल्नुपरेको छ। त्यसैले पहिला सिसडोलबासीलाई धन्यवाद दिन चाहन्छु। 

फोहोरमैलाको व्यवस्थापन नभएसम्म कुनै पनि खादा र माला नलगाउने भनेको थिएँ। सुरुमा फोहोरको व्यस्थापन गर्नुपर्छ। महानगरको हिसाबले मात्र नभएर मानवताको हिसाबले पनि यसको व्यवस्थापन गर्नुपर्छ। यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कार्यकारी अधिकृतले अहिले थप भन्नुहुन्छ। यसमा विभिन्न टेक्निकल कुराहरु छन्। त्यतिकै लगेर फाल्नुभन्दा पनि ७५ प्रतिशत फोहोरलाई मल बनाउन सकिन्छ। फोहोरलाई मलमा बदल्ने कुरा यति भनिसकियो कि सुन्दा पुरानै कुरा ल्यायोजस्तो लाग्छ। त्यसैले अब जिम्मेवार ढंगले अघि बढौं। यसको लागि केही उपकरण ल्याउनुपर्छ। विभिन्न अरु प्रपोजल पनि हेरेर तुरुन्त सिसडोलको व्यवस्थापन गर्नुपर्यो। यसको लागि हामी मेयर–उपमेयरले मात्र नभएर वडाध्यक्षहरुले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ। वडा–वडामा यसबारे चेतना बढाउन वडाध्यक्षले भूमिका खेल्नुहुन्छ भन्ने आशा छ।

अर्को विषय छ सार्वजनिक शौचालय। यसका लागि महानगरका होटल, रेष्टुराँका शौचालय प्रयोग गर्ने विषयका सम्बन्धमा हिजो केही रेष्टुरेन्ट व्यवसायीहरुसँग मिटिङ बसेका थियौं। उनीहरुलाई हामीले एटीएम मेसिन चिन्नका लागि राखिने लोगोजस्तै गरी शौचालयमा पनि बोर्ड महानगरपालिकाले जडान गरिदिने र होटल व्यवसायीले निःशुल्क रुपमा शौचालय प्रयोग गर्न दिनुहुन्छ। 

रेष्टुरेन्ट खोलिसकेपछि व्यापारमात्रै नभएर सेवा पनि हो भन्ने भावनाले यो गर्न लागिएको हो। यो भनाइमात्रै नभएर त्यो साइनबोर्ड त्यहाँ लगाइसकेपछि कोही पनि व्यक्तिले कसैलाई नसोधी शौचालयको प्रयोग गर्न पाउँछ। होटलको कुक, वेटर, ओेनर कसैलाई पनि नसोधी सबैले शौचालय प्रयोग गरेर फर्कन सक्छ। त्यसका लागि होटलमा चिया, चिसो खानु पर्दैन। यसलाई हामीले अगाडि बढाउँछौं। योसँगै अन्य कार्यक्रमहरु विस्तारै गर्दै जानेछौं।

त्यसलाई महानगरले सर्टिफाइ गर्नेछ। सर्टिफाइ गरिसकेपछि गुगल म्यापमा सार्वजनिक शौचालय सर्च गर्दा देश तथा विदेशबाटै पनि देख्न सकिनेछ। हामी नयाँ शौचालय पनि बनाउनेछौं तर तत्कालका लागि भइरहेको संरचनालाई प्रयोग गर्न खोजेका छौं। यो निःशुल्क हो। यसले गर्दा होटल, रेष्टुेरन्टको व्यापार कम हुने होइन, बढ्छ। तर रेष्टुरेन्टको शौचालय प्रयोग गर्नलाई कोक अर्डर गर्नैपर्छ वा चिया अर्डर गर्नैपर्छ भन्ने कुरालाई क्यान्सिल गरेर सेवा पनि हो है भन्ने सुरुवात हो।

अर्को विषय छ कल सेन्टरको व्यवस्था गर्ने। त्यो कल सेन्टर महानगरका मेयर–उपमेयरमात्र नभएर तपाईं वडाध्यक्षको लागि पनि हो। त्यसमा ३२ वटै वडाको डाटाबेस हुन्छ। तपाईं जुन वडाको अध्यक्ष हो, आफ्नो वडाको डाटाबेस हेर्न पाउनुहुन्छ। त्यसमा कतिवटा गुनासो आयो, कतिवटा समस्या रहेछ भनेर हेर्न सकिन्छ। महानगरले पनि ३२ वटै वडाको हेर्छ। समस्यालाई छुट्टै हेर्न सकिन्छ।

इन्फ्रास्ट्रक्चर एम्बुलेन्सको सुरुवात गर्ने पनि मेरो योजना छ। हामीले पहिल्यैबाट भनेका छौँ, अब दुई वडाबाट सुरुवात गर्नुपर्छ। सुरुमै बाटो भत्किनासाथ पुरिहाल्ने व्यवस्था भयो भने धेरै क्षति हुन्न। यसको लागि धेरै खर्च लाग्दैन, तुरुन्त कल सेन्टरबाट सञ्चालित हुन्छ। कसैले यसले गर्दा समस्या आयो भन्ने गुनासो आएपछि त्यहाँबाट तुरुन्त सेवा हुन्छ। यसको सेवा दिन केही इन्जिनियरहरु बस्नुहुन्छ।

प्रकाशित: May 30, 2022| 17:43 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...