सोमबार, असार ८, २०८३

मेयर भएपछि बालेनको पहिलो औपचारिक भेट प्रधानसेनापतिसँग

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९
National life
Shivam cement

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयरको शपथ लिएपछि उनले पहिलो औपचारिक भेट गरेका हुन्।

आज बिहान राष्ट्रिय सभागृहमा शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै उनी सैनिक मुख्यालय जंगीअड्डा पुगेका थिए। भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए भने प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।

भेटमा महानगर र नेपाली सेनाबीच हुन सक्ने सहकार्यका बारेमा पनि छलफल भएको थियो। 


प्रकाशित: May 30, 2022| 17:20 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...