सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका बस्नेत निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वसन्त बस्नेत निर्वाचित भएका छन्।
 |  सोमबार, जेठ १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वसन्त बस्नेत निर्वाचित भएका छन्।

triton college

सोमबार सम्पन्न मतगणनाअनुसार उनी नेकपा एमालेका भागवत राउतलाई २ हजार ८६ मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले १३ हजार ९५९ मत पाए भने एमालेका राउतले ११ हजार ८७३ मत हात पारे।

नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले तेस्रो नम्बरमा रहेर ९ हजार १४७ मत पाए। उपमेयरमा भने एमालेकी उम्मेदवार महेश्वरी राई निर्वाचित भएकी छन्। उनले १३ हजार ७०३ मत पाएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार सरिता राईले ११ हजार ९८१ मत पाइन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी उम्मेदवार गीता खड्काले ६ हजार ५६८ मत पाइन्। त्यहाँ माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए।

त्रियुगाको परिणाम आएसँगै देशभरका ७५२ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ। अब बाजुराको बुढीगंगा नगरपालिकाको मात्रै परिणाम आउन बाँकी छ। त्यहाँ पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।

Metro Mart
vianet

गत वैशाख ३० गते शुक्रबार देशभर एकै चरणमा स्थानीय निर्वाचन भएको थियो।

प्रकाशित: May 30, 2022| 15:07 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।