शुक्रबार, भदौ ५, २०८३

दिउँसो १ बजे बस्दै राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने संसद सचिवालयले जनाएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौँ- राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिइएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने संसद सचिवालयले जनाएको छ।  

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्न कार्यसूची छ। 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: Aug 08, 2021| 09:21 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...