शुक्रबार, कात्तिक २८, २०८२

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने

बागमती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- बागमती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

National life

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। यही वैशाख १३ गतेदेखि बागमती प्रदेशसभाको १०औं अधिवेशन बजेट सुरु भएको छ। 

चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए। पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो। 

सोही दिनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सालिकराम जम्मकट्टेलले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेशसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिएका थिए।

प्रकाशित: May 30, 2022| 06:40 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।