आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 |  आइतबार, जेठ १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

vianetvianet

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवा शक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए।

triton college

गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि  प्रतिबद्ध रहेको वक्तव्यमा भनिएको छ। वि.सं. २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले त्यसैको उपलब्धिस्वरुप अहिले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको बताए।

'पटक/पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पु-याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो', सन्देशमा भनिएको छ। भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यही वर्षभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उल्लेख गरे।

संविधानसभामार्फत बनेको संविधान र त्यसैमा टेकेर बनेका तीन तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरूको प्रतिबद्धता रहेको भन्दै मुख्यमन्त्रीले भने “कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो। यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु।”  

नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले घाइते, अपाङ्गता भएकाहरूको स्वास्थ्य लाभको कामनासहित बेपत्ता हुनेका परिवारजनमा सहानुभूति प्रकट गरे।

National life insurance

प्रकाशित: May 29, 2022| 08:43 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।