शनिबार, मंसिर ६, २०८२

एसिया कप छनोटअघि इस्ट टिमोरसँग नेपालको मैत्रीपूर्ण खेल

कतारमा हुने अभ्यास खेलमा नेपाली टिमको कप्तानी नवयुग श्रेष्ठले गर्नेछन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले आज कतारमा स्टिमोरसँग अभ्यास खेल खेल्दैछ। कतारमा हुने अभ्यास खेलमा नेपाली टिमको कप्तानी नवयुग श्रेष्ठले गर्नेछन्।

National life

साथै आजको खेलमा नवयुगले कप्तानको रुपमा डेब्यु गर्न लागेका हुन्। दोहाको ग्रान्ड हमाद रंगशालामा हुने खेलमा नेपाल र सटिमोरको खेल राति पौने १० बजे सुरु हुने कतार फुटबल संघले जनाएको छ।

नेपाली टिमका सिनियर ११ खेलाडीलाई बाहिर राख्दै मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले युवा खेलाडीको नेपाली टिम निर्माण गरेका छन्।  उनको प्रशिक्षणमा युवा टिमले पहिलो खेल खेल्न लागेको हो। तर यो खेल टिमोरको यू-२३ टिमसँग हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाकारी दिएको हो।

नेपालले स्टिमोरपछि ओमनसँग पनि मैत्रीपूर्ण खेल खेल्नेकार्यक्रम रहेको छ। अब एसियन कपको छनोट खेल कुवेतमा हुनेछ। नेपाली टिम कतारबाट छनोट खेल्न कुवेत जानेछ। एसिया छनोटको खेल जुन ८ देखि १४ तारिखसम्म हुनेछ।

समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। हरेक समूहको शीर्षस्थानमा रहने टिम अर्को वर्ष हुने एसिया कपका छनोट हुनेछ भने दोस्रो स्थानमा रहेका उत्कृष्ट पाँच टिमले पनि एसिया कप खेल्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2022| 16:40 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।