शनिबार, चैत ११, २०७९

पाँचौं वार्षिकोत्सवमा हाम्रो प्रण

नेपाल समय मिडियाको यस पाँचौं वार्षिकोत्सवको शुभ अवसरमा नेपाल समय डटकम अनलाइन न्युज पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु। साथै गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

नेपाल समय मिडिया आज (आइतबार) चार वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको छ। पाँचौं वार्षिकोत्सवको यस शुभ अवसरमा म आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार व्यक्त गर्दछु। उहाँहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो।

National life insurance

डिजिटल मिडियाको प्रतिस्पर्धी बजारमा एउटा संस्था जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन। प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो चार वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएका छौं। डिजिटल मिडियाको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनुभएका पत्रकार साथीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राखेको छु। प्रिय पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैं उत्साहित बनाइराख्ने ऊर्जा प्रदान गरिरहन्छ। 

आगामी पाँच वर्षका लागि नागरिकले आफ्ना जनप्रतिनिधि चयन गरेका छन्। नागरिकको अमूल्य मत पाएर स्थानीय शासन सञ्चालनको जिम्मेवार तहमा पुगेका जनप्रतिनिधिमाथि पनि हाम्रो खबरदारी रहने नै छ। 

पाठकको मायाले हामीमाथि नागरिकलाई अझ सुसूचित बनाउने दायित्व थपिएको महसुस भएको छ। त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौं। मिडियाको प्रयासले नै आम नागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेमा हामी विश्वस्त छौं। डिजिटल मिडियाले समेट्नुपर्ने दायरा फराकिलो बन्दै गएको छ र यसप्रति पाठकका आशा, अपेक्षा र आकांक्षा पनि बढ्दै गएका छन्। 

कोभिड महामारीले थिलथिलो बनाएको अर्थतन्त्र अझै पूर्ण लयमा फर्किसकेको छैन। नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ। आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन्। देशको मूल नीति मानिने राजनीतिलाई त झन् अलग गर्नै मिल्दैन।  

मुलुक संघीयतामा गइसकेपछिको दोस्रो स्थानीय तह निर्वाचन भर्खरै सकिएको छ। आगामी पाँच वर्षका लागि नागरिकले आफ्ना जनप्रतिनिधि चयन गरेका छन्। नागरिकको अमूल्य मत पाएर स्थानीय शासन सञ्चालनको जिम्मेवार तहमा पुगेका जनप्रतिनिधिमाथि पनि हाम्रो खबरदारी रहने नै छ। 

worldlink
लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु।

भ्रष्टाचार र अनियमितताविरुद्ध खबरदारी पनि सञ्चारमाध्यमको अर्को ठूलो जिम्मेवारी हो। यी सबैका अनिवार्य सर्त सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह नै हो। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान छौं र रहिरहनेछौं। कसैप्रति आग्रह-पूर्वाग्रह नराखी व्यावसायिक पत्रकारिता गर्नु हाम्रो मूल मन्त्र हो।

विगतमा पनि आम सञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिका लागि वकालत गरेको इतिहास छ। नागरिक अधिकार तथा मुलुकको सामाजिक एवं आर्थिक विकासका मुद्दामा हाम्रो वकालत अनवरत रहनेछ। 

नेपाल समय मिडियाको यस पाँचौं वार्षिकोत्सवको शुभ अवसरमा नेपाल समय डटकम अनलाइन न्युज पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु। साथै गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।

 विश्वनाथ शाह
अध्यक्ष, नेपाल समय मिडिया प्रा.लि.

प्रकाशित: May 29, 2022| 02:31. 30 आइतबार, जेठ १५, २०७९

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...