मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग मन्त्रालयले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलन रोक्नुहोस्

उद्योग मन्त्रालयले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलन रोक्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भइरहेको विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भइरहेको विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ।

पेट्रोलियम पदार्थको सीमावर्ती मूल्य अन्तरसमेतका आधारमा करका दररेट समायोजन गरी मूल्य घटाउने निर्णय भइसकेकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतका माग सम्बन्धी भइरहेको आन्दोलन रोक्न मन्त्रालयको आग्रह छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको कर घटाउने निर्णयअनुसार नै अर्थ मन्त्रालयमा गृह कार्यभइरहेकोले विद्यार्थी संगठन लगायत सबैको माग सम्बोधन भएको जनाएको छ।



प्रकाशित: May 28, 2022| 09:38 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्