शुक्रबार, जेठ ४, २०८१

शान्त स्वभावका आक्रामक फुटबलर सन

विश्वमा सबैभन्दा धेरै हेरिने, व्यवस्थित र महँगो फुटबल लिगको रुपमा रहेको छ ईपीएल। त्यसमा आफ्नो देशको स्टार खेलाडी पाएपछि नहेर्ने कुरा पनि त भएन। त्यसो त यो दक्षिण कोरियाको मात्र कुरा होइन। एसियाको लागि पनि गर्वकै कुरा हो।
 |  शनिबार, जेठ १४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शनिबार, जेठ १४, २०७९

एसिया महादेश विशेषगरी क्रिकेटरहरूको महादेश हो। क्रिकेटले यो महादेश विश्वभरि परिचित छ। क्रिकेटका शक्ति राष्ट्रहरूमा एसियाली देशका नाम जोडिने गरेका छन्। तर फुटबलमा? भन्न गाह्रो छ। एसियाली फुटबललाई हेर्दा स्थिति अलिक फरक नै छ।

triton college

विश्व फुटबलमा विशेष प्रभाव पार्न नसकेको महादेश हो एसिया। युरोप प्रेरित वर्तमान फुटबलमा एसियाली देशले प्रभाव जमाउन नसके पनि एक खेलाडीले विश्वसामु एसियाको नाम चिनाइरहेका छन्।उनी हुन् दक्षिण कोरियाका २९ वर्षेसन ह्युङ्ग मिन। कोरियाका प्रोफेसनल फुटबलर सन इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरका फर्वाडका रुपमा खेलिरहेका छन्। उनी दक्षिण कोरिया राष्ट्रिय फुटबल टिमको कप्तान समेत हुन्।

दक्षिण कोरियाका धेरै फुटबल समर्थकहरु प्रिमियर क्लब टोटेनहम हट्सपरकापनि समर्थक छन्। त्यो पनि सन टोटेनहमका फरवार्ड भएर नै हो। सायद उनको शान्त अनि भद्र स्वाभावले पनि हुनसक्छ।

विश्वमा सबैभन्दा धेरै हेरिने, व्यवस्थित र महँगो फुटबल लिगको रुपमा रहेको छ ईपीएल। त्यसमा आफ्नो देशको स्टार खेलाडी पाएपछि नहेर्ने कुरा पनि त भएन। त्यसो त यो दक्षिण कोरियाको मात्र कुरा होइन। एसियाको लागि पनि गर्वकै कुरा हो।

प्रिमियर लिगमा एसियाका खेलाडी औंलामा गन्न सकिने संख्यामा मात्र छन्। त्यस्तोमा सनले बनाएको पहिचान प्रशंसायोग्य नहुने कुरै भएन। त्यसो त उनले एसियाली खेलाडी भएर मात्र यो पहिचान बनाएका होइनन्। उनको ड्रिबलिङ, विपक्षीलाई छक्याउने कला र पोस्ट अटेम्प्ट पनि निकै रोमाञ्चक हुने गर्छ।

corrent noodles
Metro Mart

उनी सन् १९९१ मा कोरियाको चुनचन खङवानमा जन्मिए। उनका पिता सन वाङ जङले उनी जन्मिँन्दा फुटबलबाट संन्यास लिइसकेका थिए। दक्षिण कोरियाको दोस्रो राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका वाङले सन जन्मिदा फुटबल व्यवस्थापन कार्य थालिसकेका थिए।

उनको पिताबाट फुटबल बुझेका उनले सिओल फुटबल क्लबको एकेडेमीमा आफ्नो सिकाइलाई निखार्न थाले। यो त्यही क्लब थियो जहाँ लेजेन्ड डिफेन्डर लि योङ प्यो खेल्ने गर्थे। यो सन् २००८ तिरको कुरा हो, जब सिओलको होम गेम हुन्थ्यो, त्यतिबेला सन बल ब्वाइको रुपमा काम गर्थे। त्यतिबेला उनी सिओलको युवा टिममा पनि पर्थे। यता, उनको त्यो समयमा रोल मोडल चाहिँ लि चुङ योङ थिए। चुङ त्यो समयमा क्रिस्टल प्यालेसका खेलाडी थिए। पछि उनले बाल्टोन वान्डसर्सका लागि पनि खेलेका थिए।

यता, सन आफ्नो देशको भाषामा मात्र पोख्त थिएनन्। उनी त भाषाको माध्यमबाट पनि आफूलाई युरोपमा खेल्न तयार गरिरहेका थिए। उनले एक एनिमेटेड हाँस्य सिरिजबाट ती भाषा सिकेका थिए।

युवा क्लबमा सन

उनले सन् २००८ को अन्तिमतिर डोङबक हाइस्कुल छोडे। त्यतिबेला उनी सिओलको यू–१८ टिममा थिए। उनको त्यसपछिको यात्रा जर्मनीको हामबर्गरतिर मोडियो। १६ वर्षको उमेरबाट उनले हामबर्गमा फुटबलसँगै कलालाई निखार्न थाले।त्यसको अर्को वर्ष नै उनी फिफा यू–१७ विश्वकप खेलेर कोरिया फर्किए। त्यतिबेला त उनी हामबर्गरको युवा टिमबाट खेल्न थालिसकेका थिए। तर उमेर नपुगेका कारण क्लबसँग सम्झौता गर्न पाएनन्।

सन् २०१०–११ को सिजनमा उनको खेलमा रवाफिलो वृद्धि भयो। नौ गोलका साथ उनले सिजन अन्त्य गरे। र, १८ वर्षको जन्मदिनमा उनले क्लबसँग सम्झौता पनि गरे। तर चेल्सीविरुद्धको खेलमा गोल गरेको दिन उनी घाइते भए। त्यसको दुई महिनापछि मैदन फर्किएका सनले लिगमा पहिलो गोल गरे।
उनको त्यो गोल कोल्नविरुद्ध थियो। त्यो गोल यस्तो थियो कि उनी बुन्डेसलिगामा गोल गर्ने हामबर्गका सबैभन्दा युवा खेलाडी बने। त्यो सिजनको लिगमा उनले १४ खेलबाट तीन गोल गरे।

त्यसको अर्को सिजनमा उनी त उनलाई कसैले रोक्न नसक्ने भए। प्रि सिजनका ९ खेलमा नै उनले १८ गोल गरे। तर लिगमा त्यति राम्रो चाहिँ भएन। बीचमा चोटका कारण तीन हप्ताको खेल गुमाएका सनले ३० खेलमा खेल्ने अवसर पाए र पाँच गोल गरे।

१३ जुन २०१३ को दिन सन बायर लेवरकुसनमा अनुबन्ध भए। प्रि सिजनमै क्लबमा फिट भएका सनले आफ्नै पूर्व क्बलविरुद्ध ह्याट्रिक गरे। बोरुसिया डर्टमन्डविरुद्ध गोल गरे। लिगको अन्तिममा ब्रेमेनविरुद्ध गोल गर्दै उनले लेवरकुसनलाई च्याम्पियन्स लिगमा पुर्याएका थिए। त्यहाँको प्रदर्शनले नै उनलाई २०१६ मा इंग्ल्यान्ड पुगेका थिए।

अनि टोटेनहममा

सेप्टेम्बर १३ को दिन सन्डरल्यान्डविरुद्ध खेल्दै सनले प्रिमियर लिगमा डेब्यु गरे। आफ्नो पहिलो सिजनमा २८ खेल खेल्दै चार गोल गर्नुका साथै एक असिस्ट पनि गरे सनले। सन सम्मिलित टिम टोटेनहमले लिगमा तेस्रो स्थान हासिल गर्दै च्याम्पियन्स लिगमा स्थान बनायो।पहिलो सिजन सनले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्नुका साथै प्रिमियर लिगको नयाँ अनुभव समेत बटुले। तर क्लबले सिजनमा कुनैपनि उपाधि जिते।

सिजन सुरु हुनुअघि प्रशिक्षक माउरियो पोचेटिनोसँग क्लब छोड्ने कुरा बताएका थिए। कम समयमात्र खेल्न पाएकोमा असन्तुष्टि जनाउँदै क्लब छाड्ने योजना बनाएका थिए उनले। तर उनलाई खेल्ने समयथपिँदै क्लबमा स्थान सुरक्षित गर्न थाले। स्टोक सिटीविरुद्धको खेलमा उनले दुई गोल गरेर एक एसिस्ट गरे। अब क्लबमा उनको स्थान सुरक्षित हुँदै जान थाल्यो। अनि त्यहि सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको अवार्ड जिते सनले। उक्त अवार्ड जित्ने उनी पहिलो एसियाली खेलाडी बने। मार्च १२ मा भएको एफए कप अन्तर्गत मिलवाल विरुद्धको खेलमा उनले टोटेनहमका लागिपहिलो ह्याट्रिक समेत गर्न सफल भए। त्यो खेलमा उनी मिलवालको समर्थकबाट विभेदको सिकार बने।

त्यस्तै, उनले अप्रिल महिनामा दोस्रो पटक प्लेयर अफ द मन्थको अवार्ड जिते। यो सिजन उनले २१ गोल गर्दै शानदार रूपमा सिजनको अन्त्य गरे । २१ गोलसँगै उनी ह्यारी केन र डेली अलिसँगै क्लबका लागि २० गोल गर्ने खेलाडीहरुमा पर्न सफल भए। प्रिमियर लिगको उपाधि नजिक पुगे पनि क्लबले उपाधि जित्न भने सकेन।

अर्को सिजन क्लबलाई लगातार शीर्ष चारमा स्थान सुरक्षित गराउँदै च्याम्पियन्स लिगका लागि छनोट गराउन सफल भए सन।उनले प्रिमियर लिगमा १२ गोल तथा ६ असिस्ट समेत गरेका थिए। उनले च्याम्पियन्स लिगमा चार गोल गर्न सफल रहे। त्यो सिजन पनि उनले लिगमा २० गोल गरे। यसरी उनी प्रिमियर लिगमा लगातार छाइरहे। टोटेनहमको मुटुमा बास बसिरहे। एसियाली खेलाडीका लागि त उनी प्रेरणाका पात्र छँदै थिए।

म्यानचेस्टर युनाइटेडका पार्क जीसुङले बनाएको कीर्तिमान तोड्दै प्रिमियर लिगको इतिहासमा शीर्ष एसियाली गोलकर्ता समेत बन्न पुगे सन। सनले प्रिमियर लिगको शीर्ष १० गोलकर्ताको रुपमा सिजन समाप्ति गरे र यस्तो सफलता प्राप्त गर्ने पनि पहिलो एसियाली समेत बने।यो सिजन सनको लागि धेरै महत्तवपूर्ण सिजन रहन पुग्यो।

किनकी उनको टिमपहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्यो। तर फाइनलमा घरेलु प्रतिद्वन्द्वी लिभरपुलसँग पराजित भएपछि उपाधि जित्ने सपना पूरा हुन सकेन। क्लबलाई ऐतिहासिक उपाधि जिताउन पाएको मौका उनीहरुले सदुपयोग गर्न सकेनन्। सिजनको सुरुवातमा उनले क्लबसँगको समझौता थप गर्दै सन् २०२३ सम्म क्लबमै रहने निर्णय गरे। त्यसमा म्यानचेस्टर सिटी फ्याक्टरले धेरै प्रभाव पारेको छ। सनले होम र अवेमा गरी सिटीविरुद्ध तीन गोल गरेर अवे गोलको आधरमा टोटेनहमलाई सेमिफाइनल पुर्याीएका थिए। त्यो सिजन उनले प्रिमियर लिगमा १२ तथा च्याम्पियन्स लिगमा चार गोल गरे।

तर खेलमा सबै कुरा प्रिय हुँदैनन्। लिगमै एभर्टनविरुद्धको खेलमा सनले गरेको ट्याकलले विपक्षीका जेफिरसन लेर्मा चोटग्रस्त भएपछि उनले प्रिमियर लिगमा पहिलो रातो कार्ड बेहोरे। सिजनको अन्त्यमा चौथो स्थानमा रहँदै सिजनको समाप्ति भयो।

२०१९-०२० को सिजनमा क्लबले प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गर्दै जोसे माउरिनो नियुक्त गर्यो। माउरिनो तिनै प्रशिक्षक थिए जसले पोर्चुगिज टिम पोर्टोलाई च्याम्पियन्स लिगको उपाधि दिलाए। पोर्चुगलको थोरै लगानीमा बनेको क्लबलाई युरोपका महारथिसँग भिडाएर उपाधि जिताउनु चानचुने कुरा पनि त थिएन। तर उनले पोर्टोलाई उपाधि दिलाए।

तिनै प्रशिक्षक माउरिनोसँग सनले मैदान र ड्रेसिङ रुममा समय पाए। माउरिनोको रणनीतिमा नोभेम्बर २३ मा सनले वेस्टह्यामविरुद्ध पहिलो गोल गरे। प्रिमियर लिगअन्तर्गत डिसेम्बर ७ मा वर्नलीविरुद्धको खेलमा उनले उत्कृष्ट गोल गरे। उक्त गोलले प्रिमियर लिगको सिजनको उत्कृष्ट गोलको अवार्ड जित्यो। त्यो गोल त्यतिमा मात्र सीमित रहेन २०२० को पुस्कस अवार्ड समेत जित्यो। आफ्नै डिबक्स नजिकैबाट भिल्लाका खेलाडीलाई पाखा लगाउँदै उनले गरेको गोल कुनै पनि फुटबलरका लागि सपनाको गोल हो। उनले १० सकेन्डभित्रै आफ्नो डिबक्सबाट विपक्षीको पोस्टको जाली चुमाएका थिए।

त्यही वर्षको १६ फेव्रुअरीमा भिल्ला पार्कविरुद्ध दुई गोल गरेपछि उनले प्रिमियर लिगमा ५० गोलको आँकडा पूरा गरे। ५० गोल पुर्याकउनका लागि उनले लिगमा १५१ खेल खेल्नुपरेको थियो। अघिल्लो सिजन च्याम्पियन्स लिगको फाइनल खेलेको टोटेनहमले यसपटक भने च्याम्पियन्स लिगमैस्थान बनाउन सकेन। सिजनको अन्त्यमा छैटौ स्थानमा रहँदै क्लबले च्याम्पियन्स लिग गुमायो। उसको भागमा युरोपा लिग पर्यो। यो सिजन सनले प्रिमियर लिगमा ११ र च्याम्पियन्स लिगमा चार गोल गरे।

२०२०-०२१सिजनको सुरुवाति खेलमै चार गोल गरे। ती सबैमा कप्तान ह्यारी केनलेनै असिस्ट गरे। यसरी गोल भएको प्रिमियर लिगमा नै पहिलो पटक त थियो। त्यसैले कीर्तिमान नबन्ने कुरै रहेन। सिजनको दोस्रो महिना उनले प्लेयर अफ द मन्थको अवार्ड जिते। व्यक्तिगत रुपमा यो उनको प्रिमियर लिगमा तेस्रो अवार्ड थियो। सनले अघिल्लो वर्षको जनवरीमा सय गोलको आकँडा पूरा गरेका थिए। उक्त खेलमा लिड्स युनाइटेड विरुद्ध गोल गर्दै यो सफलता हात पारेका थिए। कुनै पनि प्रतियोगिता जित्न नसकेको टोटेनहमले च्याम्पियन्स लिगमा स्थान बनाउन सकेन। प्रिमियर लिगमा सातौ स्थानमा रहेको टोटेनहम खराब स्थितिमा पुगेको थियो। क्लब खराब स्थितिमा रहे पनि व्यक्तिगत रुपमा सनले प्रिमियर लिगमा अहिलेसम्मकै सर्वाधिक १७ गोल गरेका थिए। त्यस्तै युरोपा लिगमा तीन र इफएल कपमा एक गोल गरेका छन्।

सन् २०२१–२२ सिजनको सुरुवातमा क्लबसँग समझौता थप गर्दै उनले २०२५ सम्म रहने निर्णय गरे। क्लबले मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टेलाई नियुक्ति गरेपछिको प्रिमियर लिगअन्तर्गत नोभेम्बर ४ मा पहिलो गोल गरे। म्यान्चेस्टर सिटीलाई १–० ले पराजित गर्दा सनले निर्णायक तथा सिजनको पहिलो गोल गरे। अप्रिल ९ मा एस्टन भिल्लाविरुद्धको खेलमा सानदार ह्याट्रिक गरे। यो सिजन प्रिमियर लिगमा कप्तान ह्यारी केन र सनबीच ३७ पटक गोलको साझेदारी भए। जुन एउटा नयाँ रेकर्ड पनि हो। यो सिजन त सनको सबैभन्दा उत्कृष्ट सिजनको नाममा रह्यो। २३ गोल गर्दै प्रिमियर लिगमा गोल्डेन बुट जिते।

यो सिजनको प्रिमियर लिगको गोल्डेन बुट टोटेनहमका सन र लिभरपुलका मोहमद सलाहले जितेका छन्, दुवै जनाले समान २३ गोल गरेका छन्। प्रिमियर लिगमा पाएको सफलताले सनको चर्चा विश्वसामु भइरहेको छ। उनी प्रिमियर लिगमा गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडीसमेत बनेका छन्। उनले गोल्डेन बुट जित्ने क्रममा गरेको २३ गोल मध्ये कुनै पनि गोलमा उनले पेनाल्टी गोलको सहायता लिएका छैनन्। एउटा फर्वाडका लागि यो निकै ठूलो उपलब्धि मान्ने गरिन्छ। उनी टोटेनहमका लागि गोल्डेन बुट जित्ने तेस्रो खेलाडी समेत बनेका छन्। यसपछि टेड्डी सेरिन्गम र ह्यारी केनले यो अवार्ड जितेका छन्।अन्य एसियन खेलाडीले पनि प्रिमियर लिग खेलेपनि यो अवार्ड जित्न सकेका थिएनन्।

सन उत्कृष्ट लयमा रहेको यो सिजन टोटेनहम दुई वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको छ। लिगको समाप्तिमा टोटेनहम चौथो स्थानमा रह्यो। सनले प्रिमियर लिगमा २३ गोल तथा नौ असिस्ट गरेका छन्।

सन् आफैमा एक ‘भर्सटाइल’ खेलाडी हुन् जो फर्वाड पोजिसनमा राम्रोसँग खेल्ने गर्छन्।आवश्यक परेको अवस्थामा उनी अट्याकिङ मिडफिल्ड तथा स्ट्राइकरका रुपमा पनि खेल्ने गर्छन्। उनी भन्छन्,‘आफू जुनै स्थानमा बसेर खेल्दा पनि कुनै समस्या लाग्दैन।विशेष कुरा त त्यो हो कि म आफू खेल मैदानभित्र छु। प्रशिक्षकले भनेको सबै स्थानबाट खेल्न सक्छु। व्यक्तिगत रुपमा मलाई मनपर्ने स्थान कुनै पनि छैन म जहाँ पनि सधै शक्तिका साथ खेल्ने गर्छु।’ दुवै खुट्टाले राम्रोसँग खेल्न सक्ने उनी उच्च गति लिन सक्ने खेलाडी पनि हुन्। राम्रो फिनिसिङ गर्ने सन आक्रामक शैलीमा खेल्ने गर्छन्। त्यस्तै सामाजिक कार्यमा पनि सक्रिय भएर लाग्ने कारणले उनी राम्रा खेलाडीको उदाहरण बन्न पुगेका छन्।

प्रकाशित: May 28, 2022| 07:32 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।