शनिबार, पुस ५, २०८२

१३ वटा सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

१३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्‍न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी भ्रष्टाचार गरेको पाइएको छ। आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट विरुद्ध रु सात लाख ६७  हजार ९८८ बराबरको बिगो दाबी गरेको छ।

सोही नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी विरुद्ध रु २४ लाख ५१ हजार ५२६, तत्कालनि इञ्जिनीयर पूर्ण कुँवर विरुद्ध रु ३२ लाख १९ हजार ५१४, ल्याब टेक्निसियन धनबहादुर विष्ट विरुद्ध रु २९ लाख २८ हजार १६८ र निर्माण व्यवसायी कामी शेर्पा विरुद्ध रु २९ लाख २८ हजार २७४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। 

प्रकाशित: May 27, 2022| 20:00 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।