शुक्रबार, कात्तिक २८, २०८२

बागमती प्रदेशसभा बैठक बस्दै

गत चैत ८ गते बसेको प्रदेशसभा बैठकपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। गत चैत ८ गते बसेको प्रदेशसभा बैठकपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो।

National life

मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए। सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो। 

करिव ६४ दिनपछि बागमती प्रदेशसभाको १०औं अधिवेशन बैठक आज बस्ने तय भएको हो। प्रदेशसभामा आज दुई वटा बैठकहरू सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर पन्तले जानकारी दिए। 

प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिने कार्य सूची रहेको छ। सोही बैठकमा नै संसद अवरुद्ध भएका बेला सरकारको काम संचालनको लागि ल्याएको पाँच वटा अध्यादेश पेस हुनेछन्। सरकार सञ्चालनको क्रममा ल्याएका अध्यादेशहरू संसदमा पेस गरेर पास गर्नुपर्ने व्यवस्था रहेको छ।

बैठकमा प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री नीमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गर्ने भएका छन् ।

Laxmi sunrise bank
kumari

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन्। प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेस हुने भएको छ।

त्यसैगरी प्रदेशसभाको आज बस्ने दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि तयार गरेको प्रि बजेट पेश गर्ने कार्य सूची रहेको छ। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको नीति कार्यक्रम र बजेटका विषयहरु समेटेर तयार पारेको प्रि बजेटको प्रस्ताव पेश गर्ने छन्। 

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी जेठ १६ गते हुने सदनमा पेश गर्ने तय गरेको छ।

प्रकाशित: May 27, 2022| 10:37 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।