सोमबार, कात्तिक १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रस्तावित गेटा मेडिकल कलेजको चौरमा स्वास्थ्य सेवा सञ्चालन गरेर सांकेतिक विरोध

प्रस्तावित गेटा मेडिकल कलेजको चौरमा स्वास्थ्य सेवा सञ्चालन गरेर सांकेतिक विरोध

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गरिरहेका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गरिरहेका छन्।

Kumaribank

धनगढी र अत्तरियाका स्थानीयले स्व:स्फूर्त रूपमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका हुन्। मेडिकल कलेज सञ्चालनका लागि  भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासी आन्दोलित बनेका हुन्।

बिहीबार बिहान धनगढीमा गेटा मेडिकल सञ्चालनको पक्षमा हस्ताक्षर संकलन थालिएको थियो। हस्ताक्षर संकलनपछि प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई उक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारमार्फत पठाइएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए।

त्यस्तै आज शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने कार्यक्रम रहेको उनले बताए। 'आज गेटा मेडिकल कलेजको खुला चौरमा बिहान ८ बजेदेखि सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण तथा विरोध कार्यक्रम गर्ने छौं। संघीय संसद्को चालू अधिवेशनमै गेटा मेडिकल कलेज कानुनी हैसियत स्पष्ट गर्न नीतिगत व्यवस्था गर्न माग गर्दछौं,' उनले भने। उनले आफूहरूको माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त पारिने चेतावनी दिएका छन्।

प्रकाशित: May 27, 2022| 07:08 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।