मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा, प्रदेशभर एकै पटक योजना संकलन गरिँदै

प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा, प्रदेशभर एकै पटक योजना संकलन गरिँदै

प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा निस्किएका छन्। १४ जिल्लामा १३ मन्त्री र योजना आयोगका उपाध्यक्षलाई शुक्रबार एकै पटक योजना संकलन गर्दैछन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

विराटनगर- प्रदेश १ का मन्त्रीहरू जिल्ला भ्रमणमा निस्किएका छन्। १४ जिल्लामा १३ मन्त्री र योजना आयोगका उपाध्यक्षलाई शुक्रबार एकै पटक योजना संकलन गर्दैछन्। 

National life

आर्थिक वर्ष २०७९–८० वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि १४ वटै जिल्लाको सदरमुकाममा शुक्रबारका लागि कार्यक्रम राखिएको छ । मोरङमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा छलफल कार्यक्रम राखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो उदयपुर जानेछन्। 

स्वास्थ्य मन्त्री जयराम यादव ओखलढुंगा, सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे सोलुखुम्बु, सामाजिक विकास मन्त्री राजन राई ताप्लेजुङ, सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे तेह्रथुम, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई झापा, कृषि मन्त्री झलकबहादुर मगर खोटाङ, वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा सङ्खुवासभा, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू पाँचथर, उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम धनकुटा, सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की भोजपुर, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी सुनसरीको कार्यक्रममा सहभागी बताइएको छ। 

इलामको कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम सहभागी हुनेछन्। प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ। जिल्ला स्तरीय कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख र सरोकारवाला सहभागी हुने आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले बताएका छन्। 

प्रदेश १ सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउँदै छ।

kumari

प्रकाशित: May 27, 2022| 06:52 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।