आइतबार, चैत ८, २०८२

पहिलो डोज कोभिशिल्ड लगाएकालाई सोमबारदेखि अस्ट्राजेनेकाको खोप

सरकारले सोमबारदेखि कोभिडविरुद्धको अस्ट्राजेनेका खोप दिने भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- सरकारले सोमबारदेखि कोभिडविरुद्धको अस्ट्राजेनेका खोप दिने भएको छ।

National life

विशेषगरी पहिलो मात्रा कोभिशिल्ड लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ। 

दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनेकाको खोप दिन लागिएको हो।

साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन्।

कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई अस्ट्राजेनेका खोपको दोस्रो मात्रा दिने तयारी छ। दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।

Laxmi sunrise bank
kumari

भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत अस्ट्राजेनेका खोप प्राप्त भएको हो। वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।

प्रकाशित: Aug 08, 2021| 08:42 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्