सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जुम्ला आयुर्वेद पाँच महिनादेखि प्रमुख विहीन

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ।
 |  बिहीबार, जेठ १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ। 

triton college

कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य गोर्खबहादुर रावतले जानकारी दिए। 'लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थितिले हामीले तलबसमेत खान पाएका छैनौँ,' दुखेसो पोख्दै वैद्य रावतले भने, 'कार्यालय प्रमुखको मागका लागि अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको छु।' उनका अनुसार आठ दिनसम्म सामाजिक विकास मन्त्रालय धाउँदा पनि त्यसको सुनुवाइ हुन सकेको छैन। पुसयता आर्थिक कारोेबार सबै बन्द भएको हो। कार्यालय प्रमुख नहुँदा खरिद भएका औषधि प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन। उपचार गर्न आएका सेवाग्राही औषधि तथा आवश्यक सामग्री नपाएर फर्किने गरेका छन्। 

उनले आयुर्वेदलाई आवश्यक फर्निचर, ल्याबका सामग्री र औषधि खरिदको भुक्तानीसमेत हुन नसक्दा पूँजीगत तथा वित्तीय प्रगति शून्य भएको बताए। केन्द्रका अनुसार १० महिना कटिसक्दा कार्यालयको पूँजीगत काम मर्मत सम्भार, डिपीआर निर्माण तथा मर्मत, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन्। 

वैद्य रावतका अनुसार मन्त्रालयले तलब, भत्ता, पोसाक, घरभाडा, बत्ती, बिजुली महसुल शीर्षक खर्च गर्नका लागि पत्र पठाएको थियो तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ। 

सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मीनारायण तिवारीले जुम्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समस्या समाधानका लागि सचिव समक्ष विषय राखिसकेकाले अब आजभोलि नै समस्या समाधान हुने बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रको अवस्था अस्तव्यस्त भएको हुँदा प्रदेश सरकारसँग पहल गरिएको जनाए। 

Metro Mart
vianet

प्रकाशित: May 26, 2022| 22:30 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।