बिहीबार, वैशाख २०, २०८१

जिल्लामा कुन दल बलियो? यस्तो छ ७७ जिल्लाको परिणाम

३०१ पालिकाको उपाध्यक्ष/उपमेयर नेपाली कांग्रेसले जितिसकेको छ भने एक पालिकामा अघि छ। एमालेले २३७ पालिकामा उपाध्यक्ष/उपमेयर जित्दा माओवादी केन्द्रले १२६ पालिकामा जितेको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

सृजना राई

सृजना राई

शुक्रबार, जेठ १३, २०७९

वैशाख ३० गते ७५३ पालिकामा सम्पन्न भएको निर्वाचनअन्तर्गत २ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी रहँदा बाजुराको बूढीगंगा नगरपालिकामा भने पुनः मतदान हुने भएपनि मिति तोकिएको छैन।

triton college

दुई पालिकाको अन्तिम परिणाम प्राप्त हुनुअघिसम्म ३२८ पालिकाको नेतृत्व जितेर नेपाली कांग्रेस ठूलो दल बनेको छ। नेकपा एमालेले २०५ पालिका जितेर दोस्रो ठूलो दल बन्दा नेकपा माओवादी केन्द्र १२१ पालिकाको नेतृत्वमा पुग्दै तेस्रो दल बनेको छ। जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) २० र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १६ पालिकाको नेतृत्वमा स्थानमा विजयी भएको छ। स्वतन्त्र र अन्य दलले ३० पालिकामा बाजी मारेका छन्। 

३०१ पालिकाको उपाध्यक्ष/उपमेयर नेपाली कांग्रेसले जितिसकेको छ भने एक पालिकामा अघि छ। एमालेले २३९ पालिकामा उपाध्यक्ष/उपमेयर जित्दा माओवादी केन्द्रले १२६ पालिकामा जितेको छ। 

कांग्रेसले ३८ जिल्लामा प्रतिस्पर्धी अरु दलभन्दा बढी संख्यामा पालिकाको नेतृत्व जितेको छ। एमाले १४ जिल्लामा पहिलो दल बनेको छ। माओवादी ६ जिल्लामा पहिलो दल बन्दा जसपा महत्तरीमा र नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल बनेका छन्।

डोटी, अछाम, डडेल्धुरा, कञ्चनपुर, सल्यान, जुम्ला, मुगु, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, दाङ, बाँके, बर्दिया, पर्वत, तनहुँ, बाग्लुङ, मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, रौतहट, सर्लाही, धनुषा, सप्तरी, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, सुनसरी, संखुवासभा, धनकुटा, ताप्लेजुङ र पाँचथरमा कांग्रेस पहिलो दल बनेको छ। 

corrent noodles
Metro Mart

बाजुरा, दार्चुला, दैलेख, म्याग्दी, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, पाल्पा, चितवन, पर्सा, बारा, सिरहा,  मोरङ, इलाम र झापामा एमाले पहिलो दल बनेको छ। पश्चिम रुकुम, कालिकोट, पूर्वी रुकुम (शतप्रतिशत पालिका नेतृत्व), रोल्पा, गोरखा र सिन्धुलीका पालिकाको नेतृत्व संख्याका आधारमा माओवादी पहिलो दल छ। 

जिल्लामा कुनै पनि पालिकाको नेतृत्व जित्न नसकेर कांग्रेस २ जिल्लामा निल छ। एमाले ८ जिल्लामा निल हुँदा माओवादी १६ जिल्लाका पालिकाको नेतृत्वमा पुग्न नसकेको हो।

पूर्वी रुकुम र दार्चुलामा कांग्रेस निल छ। झापा, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, मुस्ताङ, नवलपरासी पूर्व, कास्की, बाजुरा र रसुवामा माओवादी निल छ। जुम्ला, मुगु, हुम्ला, कालिकोट, रुकुम पश्चिम रोल्पा, पूर्वी रुकुम र डडेल्धुरामा एमाले निल छ। 

बढी पालिका नेतृत्व संख्याका कांग्रेस र एमाले १० जिल्ला बराबर भएका छन्। कांग्रेस-माओवादी ३ जिल्लामा बराबरी गरेका छन्। नेकपा एस, माओवादी र एमालेको बराबरी १ जिल्लामा छ। यो सामग्रीमा हामीले ठूला दलहरूले जिल्लामा प्राप्त गरेको उपलब्धिलाई केलाएका छौँ। 

झापा
कुल स्थानीय तह-१५

नगरपालिका संख्या-८

गाउँपालिका संख्या-७

कुल जनसंख्या- ९,९४,०९०

पुरुष जनसंख्या- ४,७७,४९६

महिला जनसंख्या- ५,१६,५९४

झापाका १५ स्थानीय तहमध्ये ७ पालिकामा एमाले निर्वाचित भएको छ। अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका, विर्तामोड नगपालिका, मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकामा एमाले निर्वाचित भएको हो।

त्यस्तै, ६ स्थानीय तहमा निर्वाचित भएर झापामा कांग्रेस दोस्रो भएको छ। कचनकवल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेस निर्वाचित भएको छ। दमक नगरपालिका र हल्दीबारी गाउँपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निर्वाचित भएको छ। 

इलाम
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-४

गाउँपालिका संख्या-६

कुल जनसंख्या-२,८०,५६५

पुरुष जनसंख्या-१,३९,५७४

महिला जनसंख्या-१,४०,९९१

१० स्थानीय तह रहेको इलाममा नेकपा एमाले पहिलो भएको छ। पाँच स्थानीय तहमा निर्वाचित भएर एमाले पहिलो भएको हो। देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, माईजोगमाई गाउँपालिका र माङसेबुङ गाउँपालिकामा एमाले निर्वाचित भएको हो।

त्यस्तै ४ स्थानीय तहमा जित्दै कांग्रेस दोस्रो दल भएको छ। इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र सनकपुर गाउँपालिकामा कांग्रेस निर्वाचित भएको हो। नेकपा एकीकृत समाजवादीले सूर्योदय नगरपालिकामा जित हात पारेको छ।

पाँचथर

कुल स्थानीय तह-८

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-७

कुल जनसंख्या-१,७४,४१९

पुरुष जनसंख्या-८७,०३३

महिला जनसंख्या-८७,३८६

पाँचथरमा ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक–एक पालिका जित्दै बराबर भएका छन्। कांग्रेसले कुम्मायक गाउँपालिका, तुम्मवेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा जित हात पारेको छ। त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ।

ताप्लेजुङ
कुल स्थानीय तह-९

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-८

कुल जनसंख्या-१,२७,४६१

पुरुष जनसंख्या-६०,५२४

महिला जनसंख्या-५९,८३५

ताप्लेजुङ जिल्लामा चार स्थानीय तह जित्दै कांग्रेस पहिलो दल बनेको छ। नेकपा एमालेले तीन ठाउँमा जित्दै दोस्रो भएको छ भने माओवादी केन्द्र तेस्रो बनेको छ। 

कांग्रेसले फुङलिङ नगरपालिका, मिक्चाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरिजंगा गाउँपालिकामा जित हात पारेको छ। आठराई त्रिवेणी गाउँपालिका, पाथीभारा याङवरक गाउँपालिका र सिदिङवा गाउँपालिकामा एमाले निर्वाचित भएको छ। त्यस्तै, फक्ताङलुङ गाउँपालिका र मैवाखोला गाउँपालिकामा माओवादी निर्वाचित भएको छ।

तेह्रथुम
कुल स्थानीय तह-६

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-४

कुल जनसंख्या-८९,१२५

पुरुष जनसंख्या-४३,७९१

महिला जनसंख्या-४५,३३४

तेह्रथुम जिल्लामा एमाले र कांग्रेस बराबर देखिएको छ। कांग्रेस र एमालेले तीन–तीन स्थानीय तहमा जितेर बराबरी हुँदा अन्य दल निल भएका छन्। एमालेले छथर गाउँपालिका, मेन्छयामेय गाउँपालिका र म्याङलुङ नगरपालिकामा जित हात पारेको छ। त्यस्तै, कांग्रेस आठराई गाउँपालिका, फेदाप गाउँपालिका र लालिगुराँस नगरपालिकामा निर्वाचित भएको छ।

मोरङ
कुल स्थानीय तह-१७

महानगरपालिका-१

नगरपालिका संख्या-८

गाउँपालिका संख्या-८

कुल जनसंख्या-११,४७,१८६

पुरुष जनसंख्या-५,५७,५२७

महिला जनसंख्या-५,८९,६५९

मोरङमा नेकपा एमालेले ९ ठाउँमा जित हात पार्दै पहिलो दल बनेको छ भने ८ ठाउँमा जित्दै नेपाली कांग्रेस दोस्रो भएको छ।एमालेले उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, केराबारी गाउँपालिका, पथरी शनिश्वरे नगरपालिका, बेलबारी नगरपालिका, रंगेली नगरपालिका, लेटाङ नगरपालिका, सुनवर्षी नगरपालिका र सुन्दरहरैँचा नगरपालिकामा जित हात पारेको छ। 

त्यस्तै, नेपाली कांग्रेस कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, जदाह गाउँपालिका, धनपालथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, रतुवामाई नगरपालिका र विराटनगर महानगरपालिकामा निर्वाचित भएको छ।

धनकुटा
कुल स्थानीय तह-७

नगरपालिका संख्या-३

गाउँपालिका संख्या-४

कुल जनसंख्या-१,४९,९८४

पुरुष जनसंख्या-७३,२३४

महिला जनसंख्या-७६,७५०

धनकुटामा नेपाली कांग्रेसले ४ ठाउँमा जितेर पहिलो पार्टी बनेको छ भने एमाले दोस्रो भएको छ। माओवादी केन्द्रलगायत अन्य दलहरु निल भएका छन्।

चौबिसे गाउँपालिका, धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको हो। त्यस्तै, नेपाली कांग्रेस छथर जोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपलिकामा निर्वाचित भएको छ।

संखुवासभा 
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-५

गाउँपालिका संख्या-५

कुल जनसंख्या-१,५८,७४२

पुरुष जनसंख्या-८०,०५५

महिला जनसंख्या-७८,९९१

संखुवासभामा ६ पालिका जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ भने एमाले ४ पालिकामा सीमित भएको छ। अन्य दलहरु निल भएका छन्। खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ।

चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका र मादी नगरपालिकाको नेतृत्व एमालेले जित हात पारेको छ।

भोजपुर
कुल स्थानीय तह-९

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-७

कुल जनसंख्या-१,५८,९९१

पुरुष जनसंख्या-७८,४५१

महिला जनसंख्या-८०,५४०

भोजपुरमा नेपाली कांग्रेस र एमालेले बराबरी(३–३) स्थानीय तह जितेका छन्। माओवादी केन्द्रले २ पालिका जितेको छ भने स्वतन्त्रले एक ठाउँमा जित हात पारेको देखिन्छ।

भोजपुर नगरपालिका, अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा कांग्रेसले जितेको छ। एमालेले पौवादुङ्गा गाउँपालिका, सुरेन्द्रकुमार उदास र हतुवागढी गाउँपालिकामा जितेको छ। 

माओवादी केन्द्रले रामप्रसाद राई गाउँपालिका र आमचोक गाउँपालिका जितेको छ। साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ निर्वाचित भएका छन्।

सुनसरी
कुल स्थानीय तह-१२

उप महानगरपालिका-२

नगरपालिका संख्या-४

गाउँपालिका संख्या-६

कुल जनसंख्या-९,३४,४६१

पुरुष जनसंख्या-४,५४,०७५

महिला जनसंख्या-४,८०,३८६

सुनसरीमा नेपाली कांग्रेसले ७ स्थानीय तह जित्दै पहिलो दल बन्न सफल भएको छ। नेकपा एमालेले ३ स्थानीय जितेको छ भने जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक पलिका जितेका छन्।

नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, दुहवी नगरपालिका, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र हरिनगर गाउँपालिकामा जित हात पारेको छ।

गढी गाउँपालिका, बर्जु गाउँपालिका र रामधुनी नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। त्यस्तै, देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले धरान उपमहानगरपालिकामा जित हात परेका छन्। 

उदयपुर
कुल स्थानीय तह-८

नगरपालिका संख्या-४

गाउँपालिका संख्या-४

कुल जनसंख्या-३,४२,७७३

पुरुष जनसंख्या-१,६५,०३४

महिला जनसंख्या-१,७७,७३९

उदयपुरमा नेकपा माओवादी केन्द्र ३ पालिकामा जित्दै पहिलो दल बनेको छ। नेपाली कांग्रेसले २ पालिकामा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीले एक र नेकपा एमालेले एक ठाउँमा जित हात पारेको छ।

माओवादी केन्द्रका उम्मेदवार ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचित भएका छन्। नेपाली कांग्रेसले कटारी नगरपालिका र बेलका नगरपालिकामा जितेको छ।

त्यस्तै, एमालेले चौदण्डीगढी नगरपालिका र नेकपा एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिका जितेको छ। त्रियुगा नगरपालिकाको मतगणना जारी रहँदा कांग्रेस उम्मेदवारको अग्रता छ। 

खोटाङ
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-८

कुल जनसंख्या-१,७५,३४०

पुरुष जनसंख्या-८६,५२१

महिला जनसंख्या-८८,८१९

खोटाङमा ६ स्थानीय तहमा जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ। नेकपा एमाले २ स्थान र नेकपा मओवादी केन्द्र २ स्थानमा निर्वाचित भएको छ।

नेपाली कांग्रेसले केपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जित हात पारेको छ।

एमालेले ऐँसेलुखर्क गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जितेको छ। त्यस्तै खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ।

सोलुखुम्बु
कुल स्थानीय तह-८

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-७

कुल जनसंख्या-१,०५,८८६

पुरुष जनसंख्या-५२,६२९

महिला जनसंख्या-५२,१३९

सोलुखुम्बुमा ५ स्थानीय तह जितेर पहिलो बनेको कांग्रेसले एमालेलाई २ पालिकामा सीमित राखिदिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जित निकालेको छ।

कांग्रेसले नेचासल्यान गाउँपालिका, माहाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका, सोताङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा जितेको छ। एमालेले माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हमु गाउँपालिकामा निर्वाचित भएको छ। नेकपा माओवादी केन्द्रले चुलुङ दुधकोशी गाउँपालिकामा जितेको छ।

ओखलढुङ्गा
कुल स्थानीय तह-८

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-७

कुल जनसंख्या-१,४०,९१४

पुरुष जनसंख्या-६९,३२२

महिला जनसंख्या-७१,५९२ 

ओखलढुगांमा नेपाली कांग्रेसले ४ स्थानमा जितेर पहिलो दल बनेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक पालिका जितेका छन्। 

नेपाली कांग्रेसले चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका, सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकामा जितेको छ। त्यस्तै, जनता समाजवादीले खिजिदेम्बा गाउँपालिका, माओवादीले चिशंखुगढी गाउँपालिका जितेको छ। मानेभन्ज्याङमा स्वतन्त्र ज्ञानेन्द्र रुम्दाली विजयी भएका छन्। उनलाई कांग्रेसले समर्थन गरेको थियो। एमालेले मोलुङ गाउँपालिकामा जितेको छ।

सप्तरी
कुल स्थानीय तह-१८

नगरपालिका संख्या-९

गाउँपालिका संख्या-९

कुल जनसंख्या-७,१३,२०३

पुरुष जनसंख्या-३,५५,५३०

महिला जनसंख्या-३,५७,६७३

सप्तरीमा ५ स्थानीय तहमा जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ। नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीले ३–३ पालिका जितेका छन्। नेकपा माओवादीले र नेकपा एकीकृत समाजवादीले एक–एक पालिका जितेका छन्। २ स्थानमा जनमत पार्टीका उम्मेदवारले जितेका छन्।

नेपाली कांग्रेसले कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, सप्तकोशी नगरपालिका र सुरुङ्गा नगरपालिका जितेको छ। नेकपा एमालेले अग्निसाइर कृष्णासवरन गाउँपालिका, डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिका जितेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले खडक नगरपालिका, लोकतान्त्रिक समाजवादी पार्टीले छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका र रुपनी गाउँपालिका जितेका छन्। जनता समाजवादी पार्टीले बोदे बरसाइन नगरपालिका, राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिका जितेको छ। सिके राउतको जनमत पार्टीले बलान–विहुल गाउँपालिका र  हनुमाननगर कङ्गालिनी नगरपालिकामा जित हात पारेको छ। शम्भुनाथ नगरपालिकामा एकीकृत समाजवादी निर्वाचित भएको छ। 

सिरहा
कुल स्थानीय तह-१७

नगरपालिका संख्या-८

गाउँपालिका संख्या-९

कुल जनसंख्या-७,४८,४१६

पुरुष जनसंख्या-३,६९,०४९

महिला जनसंख्या-३,७९,३६७

सिरहामा नेकपा एमाले ९ स्थानीय तहमा जित्दै पहिलो दल बनेको छ। जनता समाजवादी पार्टीले ४, नेपाली कांग्रेसले २, नेकपा माओवादी केन्द्रले एक, नेकपा एकीकृत समाजवादीले एक पालिकामा जित निकालेका छन्।

कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, गालबजार नगरपालिका, धनगढीमाई नगरपालिका, नरहा गाउँपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, सिराह नगरपालिका र सुखीपुर नगरपालिकामा एमाले निर्वाचित भएको छ। 

त्यस्तै जनता समाजवादी पार्टीले औरही नगरपालिका, नवराजपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकामा जित हात पारेको छ। माओवादी केन्द्रले मिर्चैया नगरपालिका र नेपाली कांग्रेसले लक्ष्मीपुर पतारी गाउँपालिका र लहान नगरपालिकामा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीले सखुवानान्कारकट्टी गाउँपालिकामा जित हात पारेको छ।

धनुषा
कुल स्थानीय तह-१८

उप महानगरपालिका-१

नगरपालिका संख्या-११

गाउँपालिका संख्या-६

कुल जनसंख्या-८,७३,२७४

पुरुष जनसंख्या-४,३४,३३५

महिला जनसंख्या-४,३८,९३९

धनुषामा १० स्थानीय तहमा जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ। नेकपा एमाले र जसपाले ३–३ ठाउँमा जित हात परेका छन्। माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय प्राप्त गरेका छन।

नेपाली कांग्रेसले कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, मिििथला नगरपालिका, मिथिला बिहारी नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र हंसपुर नगरपालिकामा जित निकालेको छ।

त्यस्तै, नेकपा एमाले औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका र विदेह नगरपालिकामा निर्वाचित भएको छ। जनता समाजवादी पार्टीले जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरमिया गाउँपालिका र शहीदनगर नगरपालिकामा जितेको छ। माओवादी केन्द्रले सबैला नगरपालिकामा जितेको छ। स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिकामा जित हात पारेका छन्।

महोत्तरी
कुल स्थानीय तह-१५

नगरपालिका संख्या-१०

गाउँपालिका संख्या-५

कुल जनसंख्या-७,१५,०४०

पुरुष जनसंख्या-३,५४,९५२

महिला जनसंख्या-३,६०,०८८ 

महोत्तरीमा जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जितेको छ। त्यस्तै यहाँ लोकतान्त्रिक समाजवादी पार्टीले पनि ५ तहमा जितेको छ। नेपाली कांग्रेसले २ स्थानमा, एमालेले २ स्थानमा र अन्यले २ पालिकामा जित निकालेका छन्।

जनता समाजवादी पार्टीले एकडारा गाउँपालिका, गौशाला नगरपालिका, जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका र सम्सी गाउँपालिकामा जितेको छ। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले औरही नगरपालिका, बलवा नगरपालिका, भँगाहा नगरपालिका, मटिहानी नगरपालिका र सोनमा गाउँपालिकामा जितेको छ।

नेपाली कांग्रेसले मनरा शिसवा नगरपालिका र लोहरपट्टी नगरपालिकामा विजय प्राप्त गरेको छ। तराई मधेश लोकतान्त्रिक पार्टीले महोत्तरी गाउँपालिका, एमालेले रामगोपालपुर नगरपालिका र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले जितेका छन्। प्रह्लाद कांग्रेसका बागी हुन्। प्रह्लादलाई दिइएको टिकट खोसेर कांग्रेस सभापति शेरबहादुर देउवाले अर्कै उम्मेदवारलाई दिएपछि बर्दिवासमा कांग्रेसका आधिकारिक उम्मेदवारको जमानत जफत भएको छ।  

सर्लाही
कुल स्थानीय तह-२०

नगरपालिका संख्या-११

गाउँपालिका संख्या-९

कुल जनसंख्या-८,५७,३६०

पुरुष जनसंख्या-४,३३,३८२

महिला जनसंख्या-४,२३,९७८

नेपाली कांग्रेस सर्लाहीमा पहिलो दल बनेको छ। १२ स्थानीय तहमा जित निकालेको कांग्रेसले नेकपा माओवादीलाई ४ स्थानमा सीमित राखिदिएको छ। त्यस्तै, जसपाले २, नेकपा एमालेले १ र लोकतान्त्रिक समाजवादीले १ स्थानमा जितेका छन्।

ईश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, कौडेना गाउँपालिका, चन्द्रनगर गाउँपालिका, धनकौल गाउँपालिका, पर्सा गाउँपालिका, ब्रहपुरी गाउँपालिका, मलंगवा नगरपालिका, लालबन्दी नगरपालिका, विष्णु गाउँपालिका, हरिपुर नगरपालिका र हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले गौडेटा नगरपालिका, जनता समाजवादी पार्टीले चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिका, नेकपा एमालेले बरहथवा नगरपालिकामा विजय हात पारेको छ। माओवादी केन्द्रले बलरा नगरपालिका, रामनगर गाउँपालिका, बागमती नगरपालिका र हरिवन नगरपालिकामा जितेको छ।

रौतहट
कुल स्थानीय तह-१८

नगरपालिका संख्या-१६

गाउँपालिका संख्या-२

कुल जनसंख्या-८,२५,६२३

पुरुष जनसंख्या-४,१५,८६४

महिला जनसंख्या-४,०९,७५९

रौतहटमा नेपाली कांग्रेस ७ स्थानीय तहमा जितेर पहिलो बनेको छ। नेकपा एसले ४ स्थानमा जितेको छ। एमालेले ३, लोसपाले २, माओवादी केन्द्रले १ र जसपाले १ स्थानीय तहमा जित हात पारेको छ।

नेपाली कांग्रेसले कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, फतुवा बिजयपुर नगरपालिका, माधव नारायण नगरपालिका र राजपुर नगरपालिकामा जित हात पारेको छ। त्यस्तै, लोसपाले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिका जितेको छ।

नेकपा एमालेले गरुडा नगरपालिका, देवही गोनाही नगरपालिका र मौलापुर नगरपालिका जितेको छ। जसपाले गुजरा नगरपालिका जितेको छ। नेकपा एसले गौर नगरपालिका, बैधीमाई गाउँपालिका र वृन्दावन नगरपालिकामा जितेको छ। माओवादी केन्द्रले दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिका जितेको छ।

बारा
कुल स्थानीय तह-१६

उप महानगरपालिका-२

नगरपालिका संख्या-५

गाउँपालिका संख्या-९

कुल जनसंख्या-७,४३,९७५

पुरुष जनसंख्या-३,८०,१९२

महिला जनसंख्या-३,६३,७८३

बारामा ५ स्थानमा जितेर नेकपा एमाले पहिलो दल बनेको छ। नेपाली कांग्रेसले जम्मा ४ स्थानमा जितेका छन्। जसपाले ३ स्थानमा जितेको छ। लोसपाले २ स्थानमा जितेको छ। माओवादीले जम्मा एक स्थानमा जितेको छ भने अन्यले एक स्थानमा जितेका छन्।

बारामा नेपाली कांग्रेसले आदर्श कोटवाल गाउँपालिका, कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा जितेको छ। जसपाले करैयामाई गाउँपालिका, देवताल गाउँपालिका र बारागढी गाउँपालिका जितेको छ। एमालेले कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, पचरौता नगरपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिकामा विजय प्राप्त गरेको छ। 

त्यस्तै माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगरपालिका, लोसपाले विश्रामपुर गाउँपालिका र सिम्रौनगढ नगरपालिका, विवेकशील साझा पार्टीबाट फेटा गाउँपालिकामा जित निकालेको छ। 

पर्सा
कुल स्थानीय तह-१४

महानगरपालिका-१

नगरपालिका संख्या-३

गाउँपालिका संख्या-१०

कुल जनसंख्या-६,४९,३९७

पुरुष जनसंख्या-३,३४,९१९

महिला जनसंख्या-३,१४,४७८

पर्सामा नेकपा एमालेले ५ स्थानीय तहमा जित्दै पहिलो पार्टी बन्न सफल भएको छ। नेपाली कांग्रेस र जसपा नेपालले ४–४ स्थानमा जितेका छन्। त्यस्तै लोसपाले एक स्थानमा विजय प्राप्त गरेको छ।

यस जिल्लामा एमालेले छिपहरमाई गाउँपालिका, ठोरी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका जितेको छ। नेपाली कांग्रेसले जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका जितेको छ।

त्यस्तै, जसपा नेपालले कालिकामाई गाउँपालिका, धोबीनी गाउँपालिका, बहुदरमाई नगरपालिका र वीरगन्ज महानगरपालिका जितेको छ। लोसपाले बिन्दबासिनी गाउँपालिकामा विजय प्राप्त गरेको छ।

सिन्धुली
कुल स्थानीय तह-९

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-७

कुल जनसंख्या-३,००,११७

पुरुष जनसंख्या-१,४७,६५८

महिला जनसंख्या-१,५२,४५९

सिन्धुलीमा नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहमा जित्दै जिल्लाको पहिलो पार्टी बनेको छ। नेपाली कांग्रेसले ३ स्थानीय तहमा जितेको छ। नेकपा एमालेले २ ठाउँमा जितेको छ।

माओवादी केन्द्रले दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका जितेको छ।जिल्लाभरमा नेपाली कांग्रेसले घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकामा जित हात पारेको छ। एमालेबाट गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिका जितेको छ। 

रामेछाप
कुल स्थानीय तह-८

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-६

कुल जनसंख्या-१,७०,६२०

पुरुष जनसंख्या-८०,७७८

महिला जनसंख्या-८९,८४२

रामेछापमा नेपाली कांग्रेस र एमालेले ३–३ स्थानीय तह जितेका छन्। नेकपा माओवादी केन्द्र भने २ स्थानमै विजयी बनेको छ।एमालेले उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा जित हात पारेको छ। त्यस्तै, कांग्रेसले गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिका जितेको छ। माओवादी केन्द्रले दोरम्बा गाउँपालिका र सुनपाती गाउँपालिका जितेको छ।

दोलखा
कुल स्थानीय तह-९

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-७

कुल जनसंख्या-१,७२,७२६

पुरुष जनसंख्या-८४,११२

महिला जनसंख्या-८८,६१४

दोलखामा नेपाली कांग्रेस र माओवादी केन्द्र ३–३ स्थानीय तहमा निर्वाचित हुँदा एमाले २ पालिकामा विजयी भएको छ। नेकपा एस १ ठाउँमा विजयी भएको छ।

कांग्रेसले कालिञ्चोक गाउँपालिका, बैत्यश्वर गाउँपालिका र भिमेश्वर नगरपालिका जितेको छ भने माओवादी केन्द्रले गौरीशंकर गाउँपालिका, विगु गाउँपालिका र  शैलुङ गाउँपालिका जितेको छ। एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिका जितेको छ। नेकपा एसले तापाकोशी गाउँपालिकामा विजय प्राप्त गरेको छ। 

सिन्धुपाल्चोक
कुल स्थानीय तह-१२

नगरपालिका संख्या-३

गाउँपालिका संख्या-९

कुल जनसंख्या-२,६२,८५२

पुरुष जनसंख्या-१,२९,३९५

महिला जनसंख्या-१,३३,४५७

सिन्धुपाल्चोकमा नेपाली कांग्रेस ५ स्थानीय तहमा जित्दै पहिलो दल बनेको छ। माओवादी केन्द्रले ४ पालिका जितेको छ। एमालेले ३ स्थानमा जितेको छ।

एमालेले ईन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र सुनकोशी गाउँपालिका जितेको छ। नेपाली कांग्रेसले त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका जितेको छ। त्यस्तै, माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखु पाखर गाउँपालिका जितेको छ।

काभ्रेपलाञ्चोक
कुल स्थानीय तह-१३

नगरपालिका संख्या-६

गाउँपालिका संख्या-७

कुल जनसंख्या-३,६६,८७९

पुरुष जनसंख्या-१,८०,९६७

महिला जनसंख्या-१,८५,९१२

काभ्रेमा ७ स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो बनेको छ। नेकपा माओवादी केन्द्रले ४ स्थानमा जितेको छ। नेकपा एमाले र नेकपा एसले १–१ ठाउँमा जित हात पारेको छ। 

नेपाली कांग्रेसले तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका जितेको छ।

काभ्रेमा माओवादी केन्द्रले खानीखोला गाउँपालिका, चौरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिका जितेको छ।  त्यस्तै नेकपा एसले मण्डनदेउपुर नगरपालिका र नेकपा एमालेले धुलिखेल नगरपालिकामा जित हात पारेको छ।

काठमाडौं
कुल स्थानीय तह–११

महानगरपालिका-१

नगरपालिका संख्या-१०

कुल जनसंख्या-२०,१७,५३२

पुरुष जनसंख्या-१०,२५,७२७

महिला जनसंख्या-९,९१,८०५

काठमाडौंका ७ स्थानमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। नेकपा एमाले २ स्थानमा जितेर दोस्रो भएको छ। राप्रपाले शंखरापुर नगरपालिका जित्दा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार विजय भएका छन्। काठमाडौंमा ठूला दलका उम्मेदवारलाई पछि पार्दै फराकिलो मतान्तरका साथ र्‍यापर बालेन शाह विजयी भएका हुन्। 

कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिका जितेको छ। एमालेले टोखा नगरपालिका र बुढानीलकण्ठ नगरपालिका जितेको छ। 

भक्तपुर
कुल स्थानीय तह-४

नगरपालिका संख्या-४

कुल जनसंख्या-४,३०,४०८

पुरुष जनसंख्या-२,१७,९४२

महिला जनसंख्या-२,१२,४६६

भक्तपुरमा नेपाली कांग्रेसले २ स्थानमा जितेको छ। एमालेले एक स्थान जित्दा एउटामा नेपालमा मजदुर किसान पार्टी विजयी भएको छन्। 

नेपाली कांग्रेसले चाँगुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिका जितेको छन्। एमालेले सूर्यविनायक नगरपालिका र नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा विजय प्राप्त गरेका छन्।

ललितपुर
कुल स्थानीय तह-६

महानगरपालिका-१

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-३

कुल जनसंख्या-५,४८,४०१

पुरुष जनसंख्या-२,७५,५३७

महिला जनसंख्या-२,७२,८६४ 

ललितपुरमा ४ स्थानमा जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ। नेपाली कांग्रेसले ललितपुर महानगरपालिका, बाग्मती गाउँपालिका, गोदावारी नगरपालिका, महांकाल गाउँपालिका जितेको छ।

त्यस्तै एमाले २ स्थानमा जितेर दोस्रो भएको छ।  एमालेले कोन्ज्योसोम गाउँपालिका र महालक्ष्मी नगरपालिका जितेको छ।

नुवाकोट 
कुल स्थानीय तह-१२

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-१०

कुल जनसंख्या-२,६२,९८१ 

पुरुष जनसंख्या-१,२८,८४९

महिला जनसंख्या-१,३४,१३२

नुवाकोटमा १२ ओटा स्थानीय तह छन्। जसमध्ये ७ स्थानीय तहमा कांग्रेस निर्वाचित भएको छ। विदुर नगरपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, लिखु गाउँपालिका, शिवपुरी गाउँपालिकामा, सूर्यगढी गाउँपालिकामा कांग्रेस निर्वाचित भएको हो।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ४  तहमा निर्वाचित भएको छ। ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकामा माओवादी विजयी भएको हो। किस्पाङ गाउँपालिकामा एमाले विजयी भएर निल हुनबाट जोगिएको छ।

रसुवा 
कुल स्थानीय तह-५

गाउँपालिका संख्या-५

कुल जनसंख्या-४५,५५४

पुरुष जनसंख्या-२२,८५१

महिला जनसंख्या-२२६९५

रसुवामा ५ स्थानीय तह छन्। ३ स्थानीय तहमा कांग्रेस निर्वाचित छ। आमाछोदिङमो गाउँपालिका, कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकामा कांग्रेस निर्वाचित भएको हो।

नेकपा एमालेले उत्तरगया गाउँपालिका र गोसाईंकुण्ड गाउँपालिकामा एमाले विजयी भएको हो। 

धादिङ
कुल स्थानीय तह-१३

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-१०

कुल जनसंख्या¬¬-३,२२,७५१

पुरुष जनसंख्या-१,५७,२०७

महिला जनसंख्या-१,६५,५४४

धादिङका १३ ओटा स्थानीय तहमध्ये ७ स्थानीय तहमा कांग्रेस निर्वाचित भएको छ। खनियाबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नीलकण्ठ नगरपालिका, नेत्रावती डमजोङ गाउँपालिका र सिद्धलेक गाउँपालिकामा कांग्रेस निर्वाचित भएको हो।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ३  तहमा निर्वाचित भएको छ। गजुरी गाउँपालिका, बेनीघाटरोराङ गाउँपालिका र रुवी भ्याली गाउँपालिका माओवादी विजयी भएको हो।

नेकपा एमाले २ स्थानीय तहमा निर्वाचित भएको छ। गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकामा एमाले विजयी भएको हो। 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धुनीबेँशी नगरपालिकामा निर्वाचित भएको छ।

मकवानपुर
कुल स्थानीय तह-१०

उप–महानगरपालिका -१

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-८

कुल जनसंख्या¬¬-४,६१,०५३

पुरुष जनसंख्या-२,२८,४७२

महिला जनसंख्या-२,३२,५८१

मकवानपुरका १० मध्ये ५ स्थानीय तहमा कांग्रेस निर्वाचित भएको छ। कैलाश गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुर गढी गाउँपालिका मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिकामा कांग्रेस निर्वाचित भएको हो।

नेकपा एमाले २ स्थानीय तहमा निर्वाचित भएको छ। इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिकामा एमाले विजयी भएको हो। 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २ तहमा निर्वाचित भएको छ। थाहा नगरपालिका र बागमती गाउँपालिकामा माओवादी विजयी भएको हो। नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) हेटौंडा उपमहानगपालिकामा निर्वाचित भएको छ।

चितवन
कुल स्थानीय तह-७

महानगरपालिका -१

नगरपालिका संख्या-५

गाउँपालिका संख्या-१

कुल जनसंख्या-७,२२,१६८

पुरुष जनसंख्या-३,५४,०७१

महिला जनसंख्या-३,६८,०९७

चितवनका ७ स्थानीय तहमध्ये ३ तहमा एमाले निर्वाचित भएको छ। ईच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, माडी नगरपालिकामा एमाले निर्वाचित भएको हो।

त्यस्तै, २ स्थानीय तहमा कांग्रेस निर्वाचित भएको छ। चितवनको खैरहनी नगरपालिका र रत्नगर नगरपालिकामा कांग्रेसले नेतृत्व पाएको हो। 

यस्तै भरतपुर महानगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निर्वाचित भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राप्ती नगरपालिकामा निर्वाचित भएको छ। 

मुस्ताङ
कुल स्थानीय तह-५

गाउँपालिका संख्या–५

कुल जनसंख्या-१४,५९६

पुरुष जनसंख्या-८,१७४

महिला जनसंख्या-६,४२२

मुस्ताङका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहमा नेकपा एमालेले जित हासिल गर्दै पहिलो दल बनेको छ। त्यस्तै नेपाली कांग्रेसले १ स्थानमा जितेको छ। नेकपा एमालेले ४ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जितेको छ भने कांग्रेसले दुई तहमा उपप्रमुख जितेको छ। 

एमालेले थासाङ गाउँपालिका, लो-घेकर दामोदरकुण्ड गाउँपालिका, लोमान्थाङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रमुखमा जितेको छ। त्यस्तै नेपाली कांग्रेसले घरपझोङ गाउँपालिकामा प्रमुख जितेको छ। 

मनाङ
कुल स्थानीय तह –४

गाउँपालिका संख्या-४

कुल जनसंख्या-५,६४५

पुरुष जनसंख्या-३,१८८

महिला जनसंख्या-२४५७

मनाङमा ४ स्थानीय तह छन्। ती स्थानीय तहमध्ये २ वटामा नेपाली कांग्रेस र २ वटामा नेकपा एमालेले जीत हासिल गरेका छन्। त्यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसले एक, एमालेले एक, माओवादी केन्द्रले १ र अन्यले एक स्थानमा जित हासिल गरेका छन्। 

मनाङको नासों गाउँपालिकामा र नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसले जित हासील गरेको छ भने  नेकपा एमालेले चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा जितको छ। 

गोरखा 
कुल स्थानीय तह-११

नगरपालिका संख्या-२

गाउँपालिका संख्या–९

कुल जनसंख्या-२,५२,२०१

पुरुष जनसंख्या-१,१९,८११

महिला जनसंख्या-१,३२,३९०

कुल जनसंख्या-२,५२,२०१  

गोरखाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ तहमा र नेपाली कांग्रेसले २ स्थानीय तहमा जित हासिल गरेको छ। माओवादी केन्द्रले जित हासिल गरेका स्थानीय तहमध्ये अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका, गोरखा नगरपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, पालुङटार गाउँपालिका, भिमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका रहेका छन्।

त्यस्तै नेपाली कांग्रेसले आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिकामा जित हासिल गरेको छ। 

लमजुङ
कुल स्थानीय तह–८

नगरपालिका संख्या-४

गाउँपालिका संख्या–४

कुल जनसंख्या–१,५३,४८०

पुरुष जनसंख्या–७३,२०९

महिला जनसंख्या–८०,२७१

कुल जनसंख्या –१,५३,४८०

लमजुङका कुल स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका छन्। तीमध्ये नेपाली कांग्रेसले ४ र नेकपा एमालेले ४ स्थानमा जित हासिल गरेका छन्।

नेकपा एमालेले क्व्होलासोथार गाउँपालिका, दोर्दी गाउँपालिका, बेंसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिकामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले दूधपोखरी गाउँपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका जितेको छ। उपप्रमुखमा भने नेकपा एमालेले ५ स्थानीय तहमा, नेकपा माओवादीले २ स्थानीय तहमा र नेपाली कांग्रेसले १ वटामा जितेको छ। 

कास्की 
कुल स्थानीय तह–५

महानगरपालिका-१

गाउँपालिका संख्या–४

कुल जनसंख्या-५,९९,५०४

पुरुष जनसंख्या–२,९२,७६४

महिला जनसंख्या–३,०६,७४०

कास्कीमा ५ स्थानीय तहमध्ये नेपाली कांग्रेसले २ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले २ स्थानमा जितेको छ।  त्यस्तै एकीकृत समाजवादीले एक स्थानमा जितेको छ। त्यस्तै उपप्रमुखमा भने नेकपा एमालेले ४ स्थानमा र नेपाली कांग्रेसले एक स्थानमा जितेको छ। 

कास्कीको अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा नेकपा एमालेले जितेको छ भने पोखरा महानगरपालिकामा नेकपा एसले जित हासिल गरेको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकामा भने नेपाली कांग्रेसले जितेको छ। 

त्यस्तै उपप्रमुखमा नेकपा एमालेले ४ स्थानमा जितेको छ भने नेपाली कांग्रेसले एक स्थानमा जितेको छ। 

नवलपरासी पूर्व
कुल स्थानीय तह–८

नगरपालिका संख्या–४

गाउँपालिका संख्या-४

कुल जनसंख्या–३,८१,१०५

पुरुष जनसंख्या-१,७९,४४६

महिला जनसंख्या–२,०१,६५९

नवलपरासी पूर्वमा ८ वटा स्थानीय तहमध्ये नेकपा एमाले ६ स्थानीय तहको प्रमुख पदमा जित हासिल गर्दै ठूलो दल बनेको छ। नेपाली कांग्रेसले २ स्थानमा प्रमुख पद जितेको छ। त्यस्तै उपप्रमुखमा भने एमालेले ५ र कांग्रेसले तीन स्थानमा जितेको छ। 

नेकपा एमालेले जितेकामध्ये  कावासोती नगरपालिका, देवचुली नगरपालिका, बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका रहेका छन्। त्यस्तै नेपाली कांग्रेसले गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकामा प्रमुख पद जितेको छ। 

म्याग्दी 
कुल स्थानीय तह-६

नगरपालिका संख्या–१

गाउँपालिका संख्या-५

कुल जनसंख्या–१,०७,३७२

पुरुष जनसंख्या-५२,५५४

महिला जनसंख्या-५४,८१८

म्याग्दीमा कुल ६ स्थानीय तहमध्ये नेकपा एमाले ठूलो दल बनेको छ। एमालेले ४ स्थानीय तहमा प्रमुख पदमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले दुई स्थानमा जितेको छ।

म्याग्दीका स्थानीय तहमध्ये नेकपा एमालेले अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र ढोरपाटन शिकार आरक्ष नगरपालिकाको प्रमुख पदमा जित हासिल गरेको छ। 

त्यस्तै नेपाली कांग्रेसले रघुगंगा गाउँपालिका र धवलागिरी गाउँपालिकामा जित हासिल गरेको छ। 

बाग्लुङ
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-४

गाउँपालिका संख्या–६

कुल जनसंख्या–२,५०,५५४

पुरुष जनसंख्या–१,१७,१८९

महिला जनसंख्या–१,३३,३६५

बाग्लुङका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जित हासिल गरेको छ। नेकपा माओवादीले एक र नेपाली एमालेले एक स्थानीय तहमा प्रमुख पदमा जित हासिल गरेको छ। 

नेपाली कांग्रेसले काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बाग्लुङ नगरपालिका, बडिगाड गाउँपालिकामा जितेको छ भने राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका, वरेङ गाउँपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ।

त्यस्तै नेकपा एमालेले ढोरपाटन नगरपालिका, र माओवादी केन्द्रले ताराखोला गाउँपालिकामा जित हासिल गरेको छ। 

पर्वत

७ पालिका रहेको पर्वतमा नेपाली कांग्रेसले ५ पालिका जितेर पहिलो दल बनेको छ। एमालेले दुई पालिकाको नेतृत्व जित्दा माओवादी निल भएको छ। 

कांग्रेसले कुस्मा नगरपालिका, जलजला गाउँपालिका, तोरण गाउँपालिका,  फलेबाँस नगरपालिका र विहादी गाउँपालिकाको नेतृत्व जित्यो। 

एमालेले मोदी गाउँपालिका र महाशिला गाउँपालिकाको अध्यक्षमा पद हातपारेको छ। पर्वतमा १ लाख २२ हजार ५० मतदाता छन्। 

तनहुँ 
१० पालिका रहेको तनहुँका ५ पालिका जितेर कांग्रेस पहिलो दल बन्दा एमाले ४ पालिका जित्दै दोस्रो दल बनेको छ। एक पालिका जितेर माओवादी निल हुनबाट जोगिएको छ। 

कांग्रेसले शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका,  व्यास नगरपालिका, देवघाट नगरपालिका, ऋषिङ गाउँपालिकामा जितेको छ। 

माओवादीले आबुखैरेनी गाउँपालिका जित्दा घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्ष पद हात पारेको छ। 

तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता छन्। 

स्याङ्जा
११ पालिका रहेको तनहुँका ६ पालिका जितेर एमाले पहिलो दल बन्दा ५ पालिका जित्दै कांग्रेस दोस्रो दल बनेको छ। पालिका नेतृत्वको संख्यामा माओवादी जिल्लामा निल बनेको छ। 

कांग्रेसले अर्जुन चौपारी गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका,  पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका जितेको छ। 

एमालेले हरिनास गाउँपालिका, विरुवा गाउँपालिका, वालिङ नगरपालिका, फेदीखोला गाउँपालिका कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका जितेको छ। 

स्याङ्जामा २ लाख ४० हजार ५३५ मतदाता छन्। 

बर्दिया 

कुल स्थानीय तह-७

नगरपालिका संख्या- ३

गाउँपालिका संख्या- ४

कुल जनसंख्या-१,८९,३६५

पुरुष जनसंख्या-९३,७९५

महिला जनसंख्या- ९५,५७०

नेपाली कांग्रेसले बर्दिया जिल्लामा ५ पालिकामा जित हासिल गरेको छ। माओवादी केन्द्रले २, एमालेले १ प्रमुख पद जितेको हो। 

कांग्रेसले गुलरिया नगरपालिका, गेरुवा नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिका जितेको छ। माओवादी केन्द्रले बढैयाताल गाउँपालिका र राजापुर नगरपालिका प्रमुख जितेको छ। एमाले बाँसगढी नगरपालिकामा प्रमुख पद जितेको हो। 

बाँके 
कुल स्थानीय तह-८

उप महानगरपालिका-१

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-६

कुल जनसंख्या-६,०३,३९३

पुरुष जनसंख्या-२,९५,११२

महिला जनसंख्या-३,०८,२८१

बाँकेमा कांग्रेसले ६ पालिका, माओवादीले १ र जसपाले १ पालिकाको नेतृत्व जितेको हो। कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका प्रमुख जितेको छ। माओवादी केन्द्रले खजुरा गाउँपालिका र जसपाले नरैनापुर गाउँपालिकामा जितेको छ। 

दाङ 
कुल स्थानीय तह-१०

उप महानगरपालिका-२

नगरपालिका संख्या-१

 गाउँपालिका संख्या-७

 कुल जनसंख्या-६,७६,२७७

 पुरुष जनसंख्या-३,२१,९०१

 महिला जनसंख्या-३,५४,३७६

दाङमा नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले ३ र एमालेले २ पालिकाको नेतृत्वमा विजयी भएको छ। कांग्रेसले दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र शान्तिनगर गाउँपालिका जितेको छ। माओवादी केन्द्रबाट गढवा गाउँपालिका, बंगालचुली गाउँपालिका र राप्ती गाउँपालिका जित्दा एमालेले घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका जितेको छ। 

नवलपरासी पश्चिम

७ पालिका रहेको नवलपरासी पश्चिम ३-३ पालिका जितेर एमाले र कांग्रेसले बराबरी गरेका छन्। एक पालिका जितेर माओवादी निल हुनबाट जोगिएको छ। 

एमालेले सुनवल नगरपालिका र सरावल गाउँपालिका, रामग्राम नगरपालिका जितेको छ। कांग्रेसले प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा जितेको छ। 

माओवादीले  र पाल्हीनन्दन गाउँपालिका जितेको छ। 

रोल्पा 
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-९

कुल जनसंख्या-२,३६,२२६

 पुरुष जनसंख्या-१,१०,९६६

महिला जनसंख्या-१,२५,२६०

रोल्पामा माओवादी केन्द्रले ७ र कांग्रेसले २ र एमालेले एक पालिकाको नेतृत्व जितेको छ। माओवादीले रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, परिर्वतन गाउँपालिका, माडी गाउँपालिका, लुङग्री गाउँपालिका, सुनिल स्मृति गाउँपालिका र सुनछहारी गाउँपालिकाको प्रमुख पद जितेको हो।

नेपाली कांग्रेसले गंगादेव गाउँपालिका र रुन्टीगढी गाउँपालिकाको अध्यक्ष जित्दा एमालेले त्रिवेणी गाउँपालिका जितेको हो। 

पूर्वी रुकुम 

कुल स्थानीय तह- ३

गाउँपालिका संख्या- ३

कुल जनसंख्या- ५७,९६२

पुरुष जनसंख्या- २८,२२६

महिला जनसंख्या- २९,७३६

पूर्वी रुकुमको ३ वटै पालिकामा माओवादी निर्वाचित भएका छन्। पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिका माओवादीले जितेको हो।

प्यूठान 
कुल स्थानीय तह-९

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-७

कुल जनसंख्या-२,३१,८४८

पुरुष जनसंख्या-१,०४,४६३

महिला जनसंख्या-१,२७,३८५

नेपाली कांग्रेसले र माओवादी केन्द्रले ३/३ नेकपा एमालेले २ र राष्ट्रिय जनमोर्चाले १ पालिमाको नेतृत्वमा विजयी भएको छ। कांग्रेसबाट ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाका प्रमुखमा निर्वाचित भएका छन्। माओवादी केन्द्रले प्युठान नगरपालिका, झिमरुक गाउँपालिका र माण्डबी गाउँपालिकामा जितेको छ। एमाले नैबाहिनी गाउँपालिका र सरुमारानी गाउँपालिका जितेको छ। यस्तै राष्ट्रिय जनमोर्चाले मल्लरानी गाउँपालिका प्रमुख जितेको हो। 

गुल्मी 
कुल स्थानीय तह-१२

नगरपालिका संख्या- २

गाउँपालिका संख्या- १०

कुल जनसंख्या- २,४६,८३६

पुरुष जनसंख्या- १,१२,७८८

महिला जनसंख्या- १,३४,०४८

गुल्मीमा नेपाली कांग्रेसले ५, माओवादीले ४ र एमालेले ३ प्रमुख पद जितेको छ। कांग्रेसले रेसुङगा नगरपालिका, कालीगण्डकी गाउँपालिका, इस्मा गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मदाने गाउँपालिकाको नेतृत्वमा विजयी भएको हो। माओवादी केन्द्रले चन्द्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका,मालिका गाउँपालिका र रुरु गाउँपालिका जितेको छ। यस्तै एमाले छत्रकोट गाउँपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकामा प्रमुख पद जितेको छ। 

अर्घाखाँची 
कुल स्थानीय तह-६

नगरपालिका संख्या-३

गाउँपालिका संख्या-३

कुल जनसंख्या-१,७७,२००

पुरुष जनसंख्या-८१,०१३

महिला जनसंख्या-६,१८७

यो जिल्लामा नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र राष्ट्रिय जनमोर्चाले १ प्रमुख पद जितेको छ। नेपाली कांग्रेसले छत्रदेव गाउँपालिका र  सितगंगा नगरपालिका जितेको छ। एमालेले पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र सिन्धखर्क नगरपालिका जितेको हो। यस्तै राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरपालिकामा प्रमुख पद जितेको छ। 

कपिलवस्तु 
कुल स्थानीय तह- १०

नगरपालिका संख्या-६

गाउँपालिका संख्या-४

कुल जनसंख्या-६,८६,७३९

पुरुष जनसंख्या-३,३७,६०४

महिला जनसंख्या-३,४९,१३५

कपिलवस्तुमा नेपाली कांग्रेसले ४, एमालेले ३ जितेको छ भने राप्रपा, जसपा र लोसपाले १/१ पालिका जितेका छन्। 

कांग्रेसले कृष्णनगर नगरपालिका, भूमिबुद्ध नगरपालिका, महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिका जितेको छ। एमालले बाणगंगा नगरपालिका, यशोधारा गाउँपालिका र विजयनगर गाउँपालिका जितेको हो। यस्तै राप्रपाले शिवराज नगरपालिका र लोसपाले शुद्धोधन नगरपालिकामा प्रमुख पद जितेका छन्। जसपाले कपिलवस्तु नगरपालिका प्रमुख पद जितेको छ। 

रुपन्देही 
कुल स्थानीय तह १६

उप महानगरपालिका १

नगरपालिका संख्या ५

गाउँपालिका संख्या १०

कुल जनसंख्या ११,१८,९७५

पुरुष जनसंख्या ५,४७,५४५

महिला जनसंख्या ५,७१,४३०

१६ पालिका रहेको रुपन्देहीमा कांग्रेसले १० पालिका जितेको छ। एमालेले ३, लोसपा १, जनता प्रगतिशील पार्टी १ र लोसपाले १ जितेको हो। 

कांग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, शुद्धोधन गाउँपालिका, संसारीमाई गाउँपालिका, सिद्धार्थ नगरपालिका, सियारी गाउँपालिका जितेको छ। एमाले ओमसतिया गाउँपालिका, गौडहवा गाउँपालिका र देवदह नगरपालिका प्रमुख पद जितेको छ। लोसपाले कोटहीमाई गाउँपालिका, जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिका र जसपा रोहणी गाउँपालिका पद जितेको छ।

पाल्पा

१० पालिका रहेको पाल्पाका ६ पालिका जितेर एमाले पहिलो दल बन्दा कांग्रेस ३ पालिका जित्दै दोस्रो दल बनेको छ। एक पालिका जितेर माओवादी निल हुनबाट जोगिएको छ। 

एमालेले रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउँ गाउँपालिका जितेको छ। 

कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, र रैनादेवी छहरा गाउँपालिकामा जितेको छ। माओवादीले रिब्दिकोट गाउँपालिका जितेर निल  हुनबाट बचेको छ। 

000

हुम्ला 
कुल स्थानीय तह-७

गाउँपालिका संख्या-७

कुल जनसंख्या-५५,४९६

पुरुष जनसंख्या- २७,९८२

महिला जनसंख्या- २७,५१४

हुम्लामा कांग्रेसले ३ र माओवादी केन्द्रले ३ प्रमुख पद जितेको छ। माओवादीले ताजाकोट गाउँपालिका, नाम्खा गाउँपालिका र सिमकोट गाँउपालिका प्रमुख पद जितेको हो भने नेपाली कांग्रेस अदानचुली गाउँपालिका, खार्पूनाथ गाउँपालिका र सर्केगाढ गाउँपालिका प्रमुख पद पाएको छ। स्वतन्त्रतर्फ चंखेली गाउँपालिकाका प्रमुख निर्वाचित भएका छन्।

मुगु 
कुल स्थानीय तह ४

नगरपालिका संख्या १ 

गाउँपालिका संख्या ३

कुल जनसंख्या ६६,६५८

पुरुष जनसंख्या ३३,४४८

महिला जनसंख्या ३३,२१०

कांग्रेसले २, माओवादी केन्द्रले र नेकपा एसले १-१ पालिकाको नेतृत्व लिएका छन्। माओवादीले खत्याड गाउँपालिका र नेकपा एस सोरु गाउँपालिकाको नेतृत्वमा विजयी भएको छ। कांग्रेस छायाँनाथ नगरपालिका, मुगुम कार्मारोङग गाउँपालिका विजयी भएको हो।

जुम्ला 
कुल स्थानीय तह-८

नगरपालिका संख्या-१

गाउँपालिका संख्या-७

कुल जनसंख्या १,१९,३७७

पुरुष जनसंख्या ५९,८३६

महिला जनसंख्या ५९,८३६

यो जिल्लामा नेपाली कांग्रेसले ५ र माओवादीले २ प्रमुख पद जितेको छ। कांग्रेसले कनकासुन्दरी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाँउपालिका, पातारासी गाउँपालिका र हिमा गाउँपालिका प्रमुखमा विजयी भएको छ। यस्तै माओवादी तिला गाउँपालिका र सिंजा गाउँपालिका पद जितेको छ। चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवारले जितेका हुन्। 

कालिकोट 
कुल स्थानीय तह ९

नगरपालिका संख्या ३

गाउँपालिका संख्या ६

कुल जनसंख्या १,४४,९१७

पुरुष जनसंख्या ७२,२४३

महिला जनसंख्या ७२,६७४

माआवादी केन्द्रले ५ प्रमुख पद जितेको छ। कांग्रेसले २ र स्वतन्त्रले २ प्रमुख पद जितेको हो।

माओवादी केन्द्र रास्कोट नगरपालिका, पञ्चालझरना गाउँपालिका, पताला गाउँपालिका, महाबै गाउँपालिका, शुक्ला कालिका गाउँपालिका प्रमुख निर्वाचित भएका छन्।

स्वतन्त्रले खाडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा प्रमुख निर्वाचित भएका छन्। यस्तै नेपाली काग्रेस तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिका जितेको छ। 

डोल्पा 
कुल स्थानीय तह-८

नगरपालिका संख्या-२

गाउँपालिका संख्या- ६४२,९५९

पुरुष जनसंख्या- २१,२७६

महिला जनसंख्या- २१,६८३

नेकपा एसले २, माओवादीले २ एमालेले २, कांग्रेस १  र स्वतन्त्रतर्फ १ जनाले पालिका नेतृत्वको पद जितेका छन्। नेकपा एसले काइके गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका प्रमुख भएका छन्। माओवादी केन्द्र जगदुल्ला गाउँपालिका मुडकेचुला गाउँपालिका र कांग्रेस ठूलीभेरी नगरपालिका यस्तै स्वतन्त्रबाट डोल्पाबुद्ध गाउँपालिका प्रमुख निर्वाचित भएका छन्।

एमाले त्रिपुरा सुन्दरी नगरपालिका र से-फोक्सुण्डो गाउँपालिकाको प्रमुखमा विजयी भएका छन्। कांग्रेसले ठुलीभेरी नगरपालिकामा प्रमुख जितेको हो। 

पश्चिम रुकुम 
कुल स्थानीय तह- ६

नगरपालिका संख्या- ३

गाउँपालिका संख्या- ३

कुल जनसंख्या- १,६६,३५४

 पुरुष जनसंख्या- ८१,०६३

महिला जनसंख्या- ८५,२९१

माओवादी केन्द्रले ४ र कांग्रेसले २ प्रमुख पद जितेको छ। आठबिसकोट नगरपालिका,  चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र  सानीभेरी गाउँपालिका प्रमुख जितेको हो। कांग्रेसबाट बाँफीकोट गाँउपालिका र मुसिकोट नगरपालिका नेतृत्वमा निर्वाचित भएका छन्।  

सल्यान 
कुल स्थानीय तह- १०

नगरपालिका संख्या- ३

गाउँपालिका संख्या- ७

कुल जनसंख्या- २,३८,६६८

 पुरुष जनसंख्या- १,१४,९५३

महिला जनसंख्या- १,२३,७१५

नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले २ र एमाले २ र नेकपा एसले १ प्रमुख पद जितेको छ। नेपाली कांग्रेसले बागचौर नगरपालिका, कु्माख गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका र सिद्धकुमाख गाउँपालिका जितेको छ।

एमालेले कालीमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिका प्रमुखमा जितेको छ। माओवादीले बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिका, नेकपा एसले कपुरकोट गाउँपालिका प्रमुख जितेको हो। 

सुर्खेत  
कुल स्थानीय तह-९

नगरपालिका संख्या-५

गाउँपालिका संख्या-४

कुल जनसंख्या-४,१७,७७६

पुरुष जनसंख्या-२,०२,०३६

महिला जनसंख्या-२,१५,७४०

जिल्लामा कांग्रेसले ४, एमालले ४ र माओवादी केन्द्रले १ प्रमुख पद जितेको छ। कांग्रेसले गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र लेकबेँशी नगरपालिका प्रमुख पद जितेको हो।

यस्तै एमालेले चिङाड गाउँपालिका, भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाको नेतृत्व जितेको छ। र माओवादी केन्द्रले चौकुने गाउँपालिका अध्यक्ष जितेको हो। 

जाजरकोट 
कुल स्थानीय तह-७

नगरपालिका संख्या-३

गाउँपालिका संख्या-४

कुल जनसंख्या-१,८९,३६५

पुरुष जनसंख्या-९३,७९५

महिला जनसंख्या-९५,५७०

नेपाली कांग्रेसले ३, एमालेले ३ र माओवादीले १ प्रमुख पद जितेको हो। 

कांग्रेसले कुसे गाउँपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिका जितेको छ। एमालेले जुनीचाँदे गाँउपालिका, बारेकोट गाउँपालिका र भेरी नगरपालिका प्रमुख जितेको छ। यस्तै माओवादी केन्द्रले नलगाड नगरपालिका प्रमुख पद जितेको हो।  

दैलेख 
कुल स्थानीय तह-११

नगरपालिका संख्या-४

गाउँपालिका संख्या-७

कुल जनसंख्या-२,५३,३१९

पुरुष जनसंख्या-१,२१,६७५

महिला जनसंख्या-१,३१,६४४

नेपाली कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ प्रमुख पद जितेको छ। कांग्रेसले चामुण्डाबिन्द्रा सैनी नगरपालिका, ठाटीकाधँ गाउँपालिका, दुल्लु नगरपालिका, भैरवै गाउँपालिका र महाबु गाउँपालिकामा प्रमुख जितेको छ। माओवादी केन्द्रले नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिका प्रमुद पद जितेको हो। एमालेले आठबीस नगरपालिका, गुँरास गाउँपालिका, डुँगेश्वर गाउँपालिका र नारायण नगरपालिका प्रमुख जितेको छ। 

000

कैलाली 

स्थानीय तह- १३ 

उप महानगर- १

नगरपालिका- ६ 

गाँउपालिका-६ 

कुल जनसंख्या ९, ११,१५५

पुरुष जनसंख्या ४, ३९,७९२

महिला जनसंख्या ४, ७१, ३६३ 

नागरिक उन्मुक्ति पार्टी कैलालीमा सबैभन्दा ठूलो दल बनेको छ। जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ५, कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले २ पालिकामा जितेको छ। स्वतन्त्र उम्मेदवार धनगढी उपमहानगरमा निर्वाचित भएका छन्। 

नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका, नाकी, जोशीपुर, भजनी र नाकी गाँउपालिका जितेको छ। कांग्रेसले लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाँउपालिका जित्दा एमालेले चुरे गाँउपालिका र बर्दगोरिया गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ। नेकपा माओवादी केन्द्रका २  उम्मेदवार गौरीगंगा नगरपालिका र मोहन्याल गाँउपालिका प्रमुखमा उम्मेदवार भएका छन्।  

कञ्चनपुर 

कुल स्थानीयत तह- ९ 

नगरपालिका- ७

गाँउपालिका-२ 

कुल जनसंख्या- ५, १७, ६४५ 

पुरुष जनसंख्या- २,४३,५९८

महिला जनसंख्या- २,७४,०४७

कांग्रेसले कृष्णपुर नगरपालिका, पुर्नवास नगरपालिका, वेदकोट नगरपालिका, मिभदत्त नगरपालिका र बेलडाडी गाउँपालिका गरी ५ पालिका प्रमुखमा कांग्रेस निर्वाचित भएको छ। नेकपा एमालेबाट ३ उम्मेदवार दोधारचाँदनी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाँउपालिका जितको छ। माओवादी केन्द्र बेलौरी नगरपालिका प्रमुखमा निर्वाचित भएको छ। 

डडेल्धुरा 
कुल स्थानीय तह-७

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-५

कुल जनसंख्या-१,३९,४२०

पुरुष जनसंख्या-६५,९३०

महिला जनसंख्या-७३,४९०

कांग्रेसका ५ उम्मेदवार परशुराम नगरपालिका, अमरगढी नगरपालिका, गन्यापधुरा गाँउपालिका, नवदुर्गा गाउँपालिका र  भागेश्वर गाँउपालिका प्रमुख निर्वाचित भएका छन्। २ पालिका अजयमेरु गाँउपालिका र आलिताल गाँउपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।   

अछाम 
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-४

गाउँपालिका संख्या-६

कुल जनसंख्या २,२९,८१६ 

पुरुष जनसंख्या १,०६,२४०

महिला जनसंख्या १,२३,५७६

कांग्रेसले ७ पालिका जित्दा एमालेले दुई र माओवादीले एक पालिका जितेको छ। पञ्चदेवल विनायक नगरपालिका, साफेबगर नगरपालिका,  कमलबजार नगरपालिका, चौरीपाटी गाउँपालिका, ढकारी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामरोशन गाँउपालिकाका प्रमुखमा निर्वाचित भएका छन्। एमालेबाट २ जनाले मगंलसेन नगरपालिका र  तुर्माखाद गाँउपालिका प्रमुख पद जितेको छ। माओवादीले मल्लेख गाउँपालिका प्रमुख जितेको छ। 

डोटी 
कुल स्थानीय तह-९

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-७

कुल जनसंख्या-२,०५,६८३

पुरुष जनसंख्या-९५,०६६

महिला जनसंख्या-१,१०,६१७

कांग्रेसले ७ प्रमुख पद जितेको छ। दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाँउपालिका र केआई सिंह गाँउपालिका कांग्रेसको प्रमुख छन्। एमालेले १ जोरायल गाउँपालिका र माओवादीले १ बोगटान फुडसिल गाँउपालिका मात्र प्रमुख पद जितेको हो। 

बैतडी
कुल स्थानीय तह-१०

नगरपालिका संख्या-४

गाउँपालिका संख्या-६

कुल जनसंख्या-२,४४,४००

पुरुष जनसंख्या-१,१५,४२६

महिला जनसंख्या-१,२८,९७४

बैतडीमा एमाले र कांग्रेसले बराबर प्रमुख पद जितेको छ। एमालेले ४ पालिकाहरू दशरथचन्द नगरपालिका, दोगडाकेदार नगरपालिका, पन्चेश्वर गाउँपालिका र सुन्र्या गाँउपालिकामा जितेको हो। यस्तै कांग्रेसले ४ क्रमशः पाटन नगरपालिका, पुर्चौटी नगरपालिका, शिवनाथ गाउँपालिका र सिगाँस गाउँपालिका प्रमुख पद जितेको छ। माओवादी केन्द्रले मेलौली नगरपालिका स्वतन्त्रतर्फबाट डीलासैनी गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन्।  

दार्चुला 
कुल स्थानीय तह-९

नगरपालिका संख्या-२

गाउँपालिका संख्या-७

कुल जनसंख्या-१,३५,०५६

पुरुष जनसंख्या-६५,३४९

महिला जनसंख्या-६९,७०७

दार्चुलामा एमालेले ५ प्रमुख पद जितेको छ। महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, मालिकाका अर्जुन नगरपालिका, व्यास गाउँपालिका, शैल्यशिखर नगरपालिकामा एमालेले जितेको हो।

माओवादी केन्द्रले ४ चार प्रमुख पद जितेको छ। माओवादीले अपिहिमाल गाउपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका र नतौगाड गाउँपालिका जित्दा कांग्रेस निल बनेको हो। 

बझाङ 
कुल स्थानीय तह १२

नगरपालिका संख्या २

गाउँपालिका संख्या १०

कुल जनसंख्या १,८९,०९७

पुरुष जनसंख्या ८८,९८८

महिला जनसंख्या १,००,१०९

बझाङमा कांग्रेसले ६ पालिका जितेको छ। यस्तै माओवादीले २ र एमालले ३ प्रमुख पद जितेका छन्। नेकपा एसले १ मात्र प्रमुख पद जितेको हो।

जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, बित्थडचिर गाउँपालिका र सूर्मा गाउँपालिकामा काग्रेस उम्मेदवार निर्वाचित भए। माओवादीले छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाँउपालिका प्रमुख जितेको छ। एमालेले तलकोट गाउँपालिका, थलारा गाउँपालिका र साईपल गाउँपालिका जितेको छ। यस्तै नेकपा एसल यस जिल्लामा १ मात्र प्रमुख पद जितेको छ  केदाररस्यु गाउँपालिका।  

बाजुरा 

कुल स्थानीय तह ९

नगरपालिका संख्या ४

गाउँपालिका संख्या ५

कुल जनसंख्या १,३८,९९८

पुरुष जनसंख्या ६७,६०८

महिला जनसंख्या ७१,३९०

बाजुरामा एमालेले ६ र कांग्रेसले ३ प्रमुख पद जितेको छ। एमालेबाट बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र जगन्नाथ गाउँपालिका नेतृत्वमा निर्वाचित भए।  कांग्रेसबाट त्रिवेणी नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकामा प्रमुख निर्वाचित छन्।

जिल्ला र पालिकाहरूमा भएका मतदाता र मतदानकेन्द्रलगायतको विवरण

प्रकाशित: May 27, 2022| 14:39 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...